A Levels MA

पाठ्यक्रम विकास केन्द्रले कक्षा ६ को नमुना पाठ माग्यो (सम्पूर्ण विषयको नमुना पाठ लेखनका लागि पाठ्यवस्तु सहित)

पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको आधारभूत तहको पाठ्यक्रम संरचनाबमोजिम कक्षा ६ का अनिवार्य विषयहरूको नमुना पाठ पेस गर्ने इच्छुक लेखक वा लेखक समूहलाई अनुरोध गरेको छ ।

नमुना पाठ लेखकले भाषा विषयमा भाषाका चारसिपहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइमा जोड दिएका विषयवस्तु समावेश भएको हुनुपर्ने छ भने अन्य विषयमा सम्बन्धित विषयको ज्ञान,बोध र धारणा समेट्न सक्ने हुनुपर्ने केन्द्रले जानकारी दियो ।

केन्द्रले नेपाली विषका लागि पहिलो पाठमा छन्दोबद्ध (सन्देशमूलक) दोस्रो पाठका लागि आख्यानात्मक नीतिमूलक पाठ र अङ्ग्रेजीका लागि पाहिलो पाठ मेकिङ सजेसन र दोस्रो पाठ डिस्क्रइब पास्ट ह्याबिट सम्बन्धी नमुना पाठ माग गरेको छ ।

त्यसैगरी गणितको पहिलो पाठ रेखा र कोणहरू, दोस्रो भिन्न र दशमलव, विज्ञान तथा प्रविधि विषयका लागि पहिलो पाठ प्रकाश दोस्रो मिश्रण सम्बन्धी नमुना पाठ दुइहप्ता भित्र पठाउन इच्छुक लेखकसंग माग गरेको छ ।

त्यस्तै सामाजिक अध्ययनर र मानव मूल्य शिक्षामा पहिलो पाठ सामाजिक व्यवहार तथा दोस्रोमा प्राकृतिक स्रोतको वितरण र स्थानीय स्तरको सामाजिक आर्थिक जनजीवन बिचको सम्बन्धका पाठको माग गरेको हो । त्यस्तैे स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा पहिलो पाठ यौनिकता तथा प्रजनन स्वास्थ्य र दोस्रो पाठ एथलेटिक्सका विषयमा नमुना पाठ हुनुपर्ने केन्द्रले जानकारी दियो ।

पाठ्यपुस्तक लेखकको योग्यता

लेखक वा लेखक समूहका सदस्यले सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने केन्द्रले जानकारी दियो । केन्द्रका अनुसार सामाजिक अध्ययन र मानव मूल्य शिक्षा विषयका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त वा सामाजिक विज्ञान विषयमा कम्तीमा स्नातक भई सामाजिक अध्ययन र मानव मूल्य शिक्षाको अनुभव भएको हुनुपर्ने प्रावधान राखेको छ ।

नमुना पाठ अङ्ग्रेजी विषयको अङ्ग्रेजी भाषामा र अन्य विषयको नेपाली भाषामा लेख्नुपर्ने छ । नमुना पाठमा पाठसम्बद्घ सक्षमता, सिकाइ उपलब्धि, व्यवहारकुशल सिप, सिकाइका सबै तह समेटिने अभ्यास र व्रिmयाकलाप, प्रयोगात्मक तथा परियोजनात्मक कार्य, चित्र, ग्राफ, तालिकालगायत आवश्यक सिर्जनात्मक र समालोचनात्मक चिन्तन पक्ष उल्लेख हुनुपर्ने केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराइले जानकारी दिए ।

सूचना डाउनलोड गर्नुहोस्ः

नमुना पाठ लेखनका लागि पाठ्यवस्तु डाउनलोड गर्नुहोस्ः

निवेदनको ढाँचा डाउनलोड गर्नुहोस्ः

बायोडाटाको ढाँचा डाउनलोड गर्नुहोस्ः

पाठ्य पुस्तक÷ पाठ्य सामग्रीमा लेख, रचना, रचनांश स्वीकृतिको ढाँचा डाउनलोड गर्नुहोस्ः

Thuprai - Books and E-books