After SEE Portal

निमावि विषयगत लिखित परीक्षाको नतिजा अर्को साता गर्ने तयारीमा आयोग

Bridge Course

निम्न माध्यमिक तह तृतीय श्रेणी स्थायी शिक्षक नियुक्तिका लागि लिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकिएको शिक्षक सेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएर टेबुलेसनको काम भइरहेको छ ।

गत भदौ ९ गते लिएको विषयगत लिखित परीक्षाको नतिजा अर्को साताभित्र गर्ने तयारीमा आयोग जुटेको अध्यक्ष मधु प्रसाद रेग्मीले बताए ।

आयोगले विषयगत (सामान्य) लिखित परीक्षा गत वैशाख १ गते सञ्चालन गरेको थियो । सो परीक्षाको नतिजा वैशाख १७ गते सार्वजनिक गरेको थियो ।

गत माघ २७ गते १ हजार १५६ पदका लागि गरेको विज्ञापनमा ७८ हजार ४७८ जनाले दरखास्त दिएका थिए । परीक्षामा भने ६७ हजार १८० जना सहभागी भएका थिए ।

आयोगले नेपाली विषयका लागि ६५, अङ्ग्रेजीका लागि ११६, गणितका लागि १४४, विज्ञानका लागि २८२, सामाजिकका लागि ८९, शुक्लयजुर्वेदका लागि १, गणित विज्ञानका लागि ३५१, संस्कृत व्याकरण ३, संस्कृत भाषाका लागि ४, संस्कृत कर्मकाण्डका लागि १ दरबन्दीका लागि विज्ञापन गरेको थियो ।

सामान्य परीक्षामा ६७ हजार १८० जना सहभागी भएका मध्ये १३ हजार ९३९ जना मात्र उत्तीर्ण भएका थिए । उक्त तथ्यांक् अनुसार सामान्य परीक्षामा २०।७५ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए ।

सो परीक्षामा कोशी प्रदेशबाट १५हजार ५९७ लिखित परीक्षामा सहभागी भएकोमा ३ हजार ८५ जना उत्तीर्ण भएका थिए ।

त्यसैगरी मधेश प्रदेशबाट ६ हजार २१० जना लिखित परीक्षामा सम्मिलित भएकोमा ११०० जना उत्तीर्ण भएका थिए । भने बागमती प्रदेशबाट ११ हजार ६०६ जनाले सामान्य लिखित परीक्षा दिएकोमा २ हजार ८०३ जना उत्तीर्ण भएका थिए ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट ६ हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना मात्र उत्तीर्ण भएका थिए ।त्यस्तै गण्डकी प्रदेशबाट ११ हजार ७२८ परीक्षार्थी सहभागी भएकोमा २ हजार ८५५ जना उत्तीर्ण भएका थिए ।

कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनाले लिखित परीक्षा दिएकोमा १ हजार २३१ जना उत्तीर्ण भएका थिए भने सुदुरपश्चिम प्रदेशबाट ८हजार ७६९ जनाले लिखित परीक्षा दिएकोमा १ हजार ६८४ जना उत्तीर्ण भएका थिए ।

A Levels MA