आयोगद्वारा माविको नेपाली विषयको विषयगत नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको  विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत  २०७८ चैत्र १५ र २०७९असार ९ गते लिएको खुला प्रतियोगितात्मक  विषयगतलिखित ९सामान्य र विषयगत० परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

विषयगत परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको अन्तर्वार्ताका  लागि सिफारिस गरेको छ । आयोगको भदौ २० को निर्णय अनुसार प्रदेश एकबाट विषयगत लिखित परीक्षामा ११६ जना सहभागी भएकोमा ७० जना परीक्षार्थीलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ । मधेश प्रदेशबाट लिखित परीक्षामा २६ जना सहभागी भएकोमा २३ जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको छ ।

त्यस्तै बागमती प्रदेशबाट ४७ जना परीक्षार्थी विषयगत लिखित परीक्षामा सहभागी भएकोमा  ३४ जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको छ । त्यस्तै गण्डकी प्रदेशबाट विषयगत लिखित परीक्षामा ७९ जना सहभागी भएका मध्ये ५२ जना छनोट भएका छन् ।त्यस्तै लुम्बिनी प्रदेशबाट विषयगत लिखित परीक्षामा ४२ जना सहभागी भएका मध्ये २५ जना मात्र उत्तीर्ण भएका छन् । त्यसैगरी कर्णाली प्रदेशबाट १३ जना  सहभागी भएका मध्ये ७ जना उत्तीर्ण भएका छन् । भने, सुदुरपश्चिम प्रदेशबाट ५५ जना सहभागी भएकोमा २१ जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको छ ।

छनोट भएको सबै उम्मेद्वारको अन्तर्वार्ता असोज २५ र २६ गते आयोगको केन्द्रीय कार्यालय भक्तपुरमा विहान ८ बजेदेखि सञ्चालन हुने भएको छ ।

पुनर्योग गर्न चाहने उम्मेद्वारले भदौ २७ गते कार्यालय समयभित्र आवश्यक प्रक्रिया पुर्याइ आवेदन दिनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 नेपाली विषयको विषयगत नतिजा

Thuprai - Books and E-books