After SEE Portal

आयोगले मावि लाइसेन्सको विज्ञापन गर्यो (यहाँबाट आवेदन दिन सकिन्छ)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आव्हान गरेको छ ।  आयोगको  २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम  आवेदन माग गरेको हो ।

नियमावली अनुसार न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि  आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली  मार्फत अनलाइन दरखास्त दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन– संशोधन तथा थपघट गर्न नसकिने व्यहोरा सूचनामा उल्लेख छ ।

व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुपर्ने तथा पछि फरक परेमा वा पर्न गएमा व्यक्ति स्वयं जवाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारवाही हुन नसक्ने सूचनामा उल्लेख छ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books