After SEE Portal

एसईईको तयारीमा जुट्यो बोर्ड, परीक्षा जेठको दोस्रो हप्तामा सक्ने

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारीमा जुटेको छ । शिक्षा नियमावली, २०५९ को नवौं संशोधनले एसईई सञ्चालनको पूर्ण अधिकार एक वर्षका लागि भएपनि बोर्डलाई प्रदान गरेपछि बोर्ड परीक्षाको तयारीमा जुटेको हो ।

सरकारले गत फागुन तीन गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार अन्यत्र हस्तान्तरण गर्ने कानुनी व्यवधान रहेको हुँदा बोर्डले नै सञ्चालन गर्ने अधिकार प्रदान गरेपछि बोर्डले एसईईको कार्यतालिका निर्माणका लागि छलपmिल अघि बढाएको छ ।

शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषदले जेठभित्र चालु शैक्षिक सत्र सकी असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरे संगै बोर्ड जेठको पहिलो साताबाट एसईई सञ्चालन गरी दोस्रो हप्तामा सक्ने गरी कार्यतालिका बनाउन जुटेको बोर्डका उप–नियन्त्रक शचेतनाथ शर्माले बताए ।

बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्नपत्र छपाइ गर्ने भएको छ । यसका लागि प्रक्रियामा बोर्ड गइसकेको उप–नियन्त्रक शर्माले बताए ।

साथै परीक्षाको आवेदन फारम भर्ने म्याद गत फागुन ६ गते नै सकिएको छ । चालु शैक्षिकसत्रका लागि बोर्डले कक्षा १० मा नियमित रुपमा अध्ययनरत एवम् ग्रेडवृद्धि तर्फका विद्यार्थीहरुले माघ २१ गते भित्र आवेदन फाराम भर्ने भराउने गरी अघिल्लो सूचना प्रकासित गरेको थियो । पुनः दोस्रो पटक विद्यालयको मागकाआधारमा फागुन ६ गतेसम्म म्याद थप गर्यो । अधिकांश विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई परीक्षा आवेदन फारामका साथ परीक्षा दस्तुर वापतको राजश्व बैंक दाखिला भौचर बुझाइ सकेका छन् । बाँकी रहेका केही विद्यालयले भोलि कार्यालय समयमा बुझाइ सक्ने र सोको विवरण तत्काल बोर्डमा पठाउने तयारी गरेको बोर्डले जानकारी दियो ।

बोर्डमा आएको प्रारम्भिक रिपोर्टका अनुसार यो वर्षको एसईईमा नियमित, ग्रेडवृद्धि सहित करिब ५ लाख विद्यार्थी एसईईमा संलग्न हुने भएका छन् ।

A Levels MA
Thuprai - Books and E-books