After SEE Portal

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डले बैठक बोलायो

Bridge Course

राष्ट्रिय परीक्ष बोर्डले आज साझ पाँच बजे कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । आज ४ बजे बोर्डको बैठक बसे लगत्तै  नतिजा सार्वजनिक गर्ने बोर्डले जानकारी दियो ।

 गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज सर्वजनिक गर्न लागेको हो ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  र नेपाल टेलिकमको वेबसाइट मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

A Levels MA