CMAT

काठमाडौँ मोडेल कलेजमा २०औँ दीक्षान्त समारोह हुने

Bachelors Portal

बागबजारमा अवस्थित काठमाडौँ मोडेल कलेजमा २०औँ दीक्षान्त समारोह हुने भएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्राप्त कलेजले आगामी शनिबार कलेजको सभाहल, बागबजारमा सो कार्यक्रमको आयोजना गर्न लागिएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले जानकारी दिए ।

वि.स. २०६० सालमा स्थापित काठमाडाँै मोडेल कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबिएस, एमए अङ्ग्रेजी, बिबिए, बिबिएम, बिबिएस, बिसिए, बिएसडब्लु कार्यक्रम सञ्चालनमा रहेका छन् ।

यस कलेजमा अध्ययन गरी उत्तीर्ण भएका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई दीक्षित गर्न लागिएको हो । स्नातक तहमध्ये बिबिएस, बिबिए र स्नातकोत्तर तहमध्ये एमबिएस र एमए अङ्ग्रजीका विद्यार्थीहरू दीक्षित हुने भएका हुन् ।

कलेजले यसै वर्ष विश्वविद्यालय अनुदान आयोगबाट  गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्राप्त गरेको हो ।

 

Thuprai - Books and E-books
I Tech store