After SEE Portal

टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर सम्पन्न

Bridge Course

काठमाडौं,टेक्सास कलेज अफ मेनेजमेन्टटेक्सास इन्टरनेशनल कलेजको आयोजनामा ‘द लाइटहाउस फर यूवर फ्यूचर’ नाराका साथ टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर(२०१९) सम्पन्न भएको छ । 

टेक्सास कलेज अफ मेनेजमेन्ट र टेक्सास इन्टरनेशनल कलेजको व्यवस्थापनमा भएको यो फेयरमा पच्चीस भन्दा बढी कर्पोरेट हाउसको उपस्थिति रहेको थियो । फेयरमा अन्य कलेजका विद्यार्थि हरु पनि सहभागि रहेका थिए ।

 प्रमुख अतिथि नेपालि काङ्ग्रेसमा यूवा नेता तथा छाया सरकारका शिक्षा मन्त्रि गगन थापा रहनुभएको थियो । 


प्रमुख अतिथि रहनुभएका थापाले टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर भिजिट गर्नुभएको थियो । यस्तो फेयरले विद्यार्थिको दक्षता र क्षमताको आधारमा कर्पोरेट हाउस संग को सम्बन्ध वलियो रहने पनि थापाले बताउनुभयो ।


प्रत्येक बर्ष हुने टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर भन्दा यो वर्ष भएको फेयर फरक तरिकाले भएको छ । विगतका बर्षहरुमा मेरो जब डट कम, प्लस जब डट कम लगाएतका संस्थाहरु संग सहकार्य गरेर गरिएको तर अहिलेको फेयर टेक्सास कलेज अफ मेनेजमेन्ट र टेक्सास इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा गरिएको कलेजकी शिक्षिका सरला कार्किले बताउनुभयो ।

  उहाले भन्नुभयो, ‘टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेवरमा मन्टिनेसनल हाउस,सि.जि लगाएतका कर्पोरेट हाउस हरुको उपस्थिति रहेको छ ।’
त्यस्तै, प्रत्येक बर्ष टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयरले विद्यार्थीलाई अधिक लाभ पुर्याएको कलेजका निर्देशक नारायण पोखरेलले बताउनुभयो । 

 पोखरेलले भन्नुभयो, ‘यो फेयरको मुख्य उद्धेश्य भनेको विद्यार्थी र कर्पोरेट हाउस बीचको सेतु बन्नु हो । यसबाट दुबैले चिन्ने र चिनाउने मौका पाउँदछन र भविश्यको रेखा कोर्दछन् ।’ 

 टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आइटीको सिफलस्थित कलेज भवनमा भएको फेयरले विद्यार्थीहरुले रोजगारीको अवसर प्रदान गर्ने र फेयरमा सहभागी व्यक्ति र कर्पोरेट हाउसका विज्ञहरुबीच प्रत्यक्ष रुपमा संवाद तथा जिज्ञासा बारे छलफल भएको आयोजक कलेजले बताएको छ ।

 टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयरमा करिअर काउन्सिलिङ्ग, सेलिब्रेटीको उपस्थितिमा लाइभ म्यूजिक पनि भएको थियो । 

A Levels MA