After SEE Portal

एक वर्षसम्म रित्तै त्रिवि सेवा आयोग: कुलपतिले ढाँटे-स्ववियुले कार्यालय खाली गरायो

Bridge Course

त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्ष विहीन भएको आज एकवर्ष पुरा भएको छ । गतवर्ष आजैका दिन (साउन १८ गते) प्राडा लालुप्रसाद पौडेलको पदावधि सकिएपछि आयोगले अध्यक्ष पाउन सकेकै छैन ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत आइतबार मंगलबार सेवा आयोगले अध्यक्ष पाउने सार्वजनिक अभिव्यक्ति दिएको भएपनि नियुक्त हुन सकेनन् ।

अध्यक्षविहीन आयोगले आवश्यक शिक्षक कर्मचारी छनोट गर्न सकेको छैन । विश्वविद्यालयका लागि आवश्यक शिक्षक कर्मचारीको विज्ञापन, नियुक्ति, बढुवा तथा सेवा सुविधा समयमा पाउन सकेका छैनन् । अध्यक्ष नियुक्त नहुँदा नयाँ विज्ञापन तथा पुरानाको बढुवा मात्र होइन निवृत्तिभरणमा समेत समस्या भएको छ ।

तत्कालीन शिक्षा मन्त्री देवेन्द्र पौडेलको पालामा सेवा आयोगको अध्यक्ष पद नियुक्तिका लागि सात दिने समयसीमा दिएर आवेदन माग गरियो । तत्कालीन शिक्षामन्त्री पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका सदस्य र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति सदस्य रहेको सिफारिस समितिको भदौ २७ को निर्णय अनुसार खुलाबाट अध्यक्ष नियुक्क्तिका लागि विज्ञापन गरियो । मन्त्रालय स्रोतका अनुसार अध्यक्ष बन्न ३८ जनाले आवेदन दिए । आवेदन दिनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालय अनुदान आयोगको कारबाहीमा परेका सेवा आयोगका पूर्वसदस्य केदारनाथ घिमिरेलाई नियुक्त गर्न राजनैतिक चलखेल भयो । अख्तियारले उनलाई २०७२–७३ मा त्रिवि सेवा आयोगबाट सञ्चालित उपप्राध्यापक पदको परीक्षामा पदीय मर्यादाअनुसार काम गर्न नसकेको ठहर गरेको थियो ।

केदारनाथ घिमिरेसहित ६ प्राध्यापकलाई विश्वविद्यालय अनुदान आयोगले बौद्धिक सम्पत्ति अनधिकृत प्रयोग गरेको तथा शैक्षिक मर्यादा उल्लंघन गरी पेसागत मर्यादा पालना नगरेको ठहर गरी २०७० मा कालोसूचीमा राखेको थियो । तर २०७२ भदौमा उनको कारबाही फुकुवा भयो । उनी सम्बद्ध दल तथा दलका भातृ संगठनले उनलाई नियुक्त गर्न तत्कालीन कुलपतिसंग लबिङ गरे । तत्कालीन कुलपतिले आलटाल गर्दै गर्दा चुनाव आयो, आचार सहिंता लागु भयो सिफारिस प्रक्रिया रोकियो ।

आयोगको अध्यक्ष नियुक्ति प्रक्रियामा नै रहेको शिक्षा मन्त्रालय उत्तत्र स्रँेतको दाबी छ ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा अध्यक्ष नहुँदा प्रभावित भएका कामले त्रिविलाई दीर्घकालसम्म असर गर्ने बताउँछन् ।

त्रिविका केन्द्रीय विभाग र क्याम्पस हाल ८ हजार शिक्षक र ७ हजार कर्मचारीको दरबन्दी छ । दरबन्दी अनुसार त्रिविमा अहिले पनि ४० प्रतिशत रिक्त छन् । अहिले शिक्षक ३ हजार ५००र ३० प्रतिशत कर्मचार रिक्त रहेको आर्थिक सर्वेक्षणम उल्लेख छ ।

सेवा आयोग पनि खाली

त्रिविको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुले त्रिवि सेवा आयोग खाली गराएको छ।

कीर्तिपुरमा आयोग रहेको भवन स्ववियुले गत बुधबार खाली गराएको हो।

आयोग अध्यक्ष नियुक्त नभएको र आयोगबाट हुने कर्मचारी नियुक्ति प्रक्रिया वर्षौंसम्म रोकिएकोले आयोगका सामान स्थानान्तरण गरिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले बताए।

छात्रावास बनाउने प्रयोजनका लागि बनाइएको भवनमा आयोग बस्दै आएको थियो। विद्यार्थीलाई छात्रावास अभाव भएकोले पनि स्थानान्तरण गरिएको सभापति ओझाको भनाइ छ।

A Levels MA