A Levels MA

टोखाका सबै विद्यालयमा ‘थर्मल गन’

टोखा नगरपालिकाले ‘एक विद्यालय, एक थर्मल गन’ वितरण गरेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका लागि सबै विद्यालयमा ‘थर्मल गन’ वितरण गरेको हो ।

नगर प्रमुख प्रकाश अधिकारीले टोखाका सबै विद्यालयमा थर्मल गन, मास्क, सेनिटाइजर, टिस्यु पेपरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको जानकारी दिनुभयो । “टोखाका सबै जनतामा स्वास्थ्य सामग्री पुर्‍याउन समस्या हुने भएकाले धेरै भीडभाड हुने क्षेत्रलाई लक्षित गरेर विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेका हौँ”, उहाँले भन्नुभयो ।

थर्मल गन वितरणसँगै टोखाका झण्डै ४५ हजार विद्यार्थीको तापक्रम मापनमा सहयोग पुग्नेछ । टोखामा हाल आठ सामुदायिक, ८३ संस्थागत र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा रहेका छन् ।

Thuprai - Books and E-books