After SEE Portal

६ वर्षमा दोब्बरले बढाइयो प्राविधिक शिक्षामा सिट,अझै ९९ पालिका पहुँच बाहिर (पालिकासहित)

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा विगत ६ वर्षको तथ्याङ्क हेर्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा विद्यार्थी संख्या दोब्बरले बढेर गएको छ । शैक्षिक वर्ष २०७९–८० मा प्रिडिप्लोमा तहमा २९ हजार ९९९ र डिप्लोमा तथा प्रमाणपत्र तहमा ५४ हजार ७१८ जनालाई प्राविधिक शिक्षा प्रदान गर्न सक्ने सिट क्षमता छ ।

शैक्षिक सत्र २०७४–७५ मा प्रिडिप्लोमा तहमा २८ हजार ७७७, डिप्लोमा तथा प्रमाणपत्र तह १९ हजार ७१४ जना विद्यार्थीको भर्ना क्षमता थियो । त्यसैगरी शैक्ष्ँिक सत्र २०७५–७६ प्रि डिप्लोमा तहमा ३३ हजार ७६७ र डिप्लोमा तथा प्रमाणपत्र तह २८ हजार २४८ जनालाई प्राविधिक शिक्षा पढाउने क्षमता सरकारको थियो ।

त्यस्तै, शैक्षिक सत्र २०७६–७७ मा प्रि डिप्लोमा तहमा ३५ हजार ८८७ र डिप्लोमा तथा प्रमाणपत्र तहमा ३८ हजार ९७६, यस्तै शैक्षिक वर्ष २०७७–७८ प्रि डिप्लोमा तह ३७ हजार ९०५ र डिप्लोमा तथा प्रमाणपत्र तहमा ४५ हजार ३८४ सिट क्षमता विस्तर भएको थियो ।

२०७८–७९ प्रि डिप्लोमा तहमा २८हजार ५५५ र डिप्लोमा तथा प्रमाणपत्र तहमा ४६ हजार ७२ जनालाई प्राविधिक शिक्षा प्रदान गर्न सक्ने सिट क्षमता थियो । यो तथ्याङ्कलाई हेर्दा प्रि डिप्लोमा तहका केही सिट घटाइए पनि डिप्लोमा तथा प्रमाणपत्र तहका सिट दोब्बरले बढेर गएका छन् ।

शिक्षालय पनि बढ्दै

सीटीईभीटी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा तयार गरिएको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ भने तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सिटिइभिटीको तीनवर्षे डिप्लोमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सीटीईभीटी मार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ । सीटीईभीटीको कार्यक्रम सामुदायिक विद्यालय, उसका आङ्गिक तथा सम्बन्धन प्राप्त शिक्षालयमा सञ्चालन भइरहेका छन् ।

चालु शैक्षिक वर्षमा सीटीईभीटीअन्तर्गत ६५ओटा, साझेदारी ५२, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, ६३६ निजीमा ४२२ गरी कुल शिक्षालय १ हजार १७६ ओटा छन् भने विद्यार्थी भर्ना क्षमता ८४ हजार ७१७ रहेको छ । गत वर्ष

ओटा लामो अवधिको कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त निजी शिक्षालयहरू र १३७० ओटा छोटो अवधिको तालिम सञ्चालन गर्न स्वीकृत लिएका निजी संस्थाहरू रहेको सीटीईभीटीले गत फागुनमा सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८–७९ सम्ममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहमा १ लाख १८ हजार ६१७ जना र प्रि–डिप्लोमा तहमा २ लाख ५६ हजार २६६ जना प्राविधिक जनशक्ति उत्पादन गरेको छ । लामो अवधिका प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमबाट हालसम्म ३ लाख ७४ हजार ८८३ जना प्राविधिक जनशक्ति उत्पादन भइसकेको सीटीईभीटीको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

११ हजार बढीलाई छात्रवृत्ति

सीटीईभीटीले हालसम्म छात्रवृत्तिमा ११ हजार ४३३ जना विद्यार्थीलाई छात्रवृत्तिमा प्राविधिक शिक्षा प्रदान गरिसकेको छ । शैक्षिक सत्र २०७८–७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जना र प्रि–डिप्लोमा तहमा पनि सातओटै कार्यक्रममा २८० जना गरी जम्मा ५६० जनाले यो छात्रवृत्ति पाएका छन् । हालसम्म परिषद्बाट ७ हजार ११० जनाले यस प्रकारको छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।

त्यसै गरी वर्गीकृत निशुल्क छात्रवृत्ति अन्तर्गतशैक्षिक सत्र २०७८–७९ सम्ममा यो छात्रवृति प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थीको संख्या ४ हजार २३३ रहेको छ ।

प्राविधिक शिक्षाका कार्यक्रमहरुमा पिछडिएका वर्ग, क्षेत्र र समुदायको पहुँच बृद्धि गर्ने उद्देश्यका साथ परिषद् कार्यालयले नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत विशेष छात्रवृत्तिको व्यवस्था गरी दलित, मुस्लिम, विपन्न, लोपोन्मुख, अल्पसंख्यक लगायत सरकारले तोकेको लक्षित वर्गलाई निर्वाह भत्ता, यातायात र पोशाक खर्च समेतको व्यवस्था गरी निःशुल्क प्रशिक्षणको व्यवस्था गर्दै आएको छ ।

त्यसै गरी वर्गीकृत निशुल्क छात्रवृत्ति अन्तर्गत लक्षित वर्गमा अपाङ्ग, पूर्व कमैया÷हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला (एकल महिला), सूचिकृत आदिवासी–जनजाति र आर्थिक वा सामाजिक रुपमा विपन्न वर्गका सामुदायिक विद्यालयबाट एसईई. उत्तीर्ण गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

“डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९” बमोजिमप्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकालेले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि ४ सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ ।सोही अनुसार सीटीईभीटीले २ हजार ९१३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी वर्गीकृत ९निःशुल्क० छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

अझै ९९ पालिकामा प्राविधिक शिक्षाको पहुँच पुग्न सकेन

अझै ७५३ स्थानीय तह मध्ये ९९ ओटा पालिकामा प्राविधिक शिक्षाको पहुँच पुग्न सकेको छैन ।

सीटीभीटीका अनुसार कोशी प्रदेशका २६, मधेशका २९, बागमतीका १० , गण्डकीको १४, लुम्बिनीको ९, कर्णालीका ७ र सुदुरपश्चिमका ४ पालिकामा अझै प्राविधिक शिक्षाको पहुँच पुग्न सकेको छैन ।

प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका ८० जना छात्रछात्रालाई डिप्लोमा तहमा निःशुल्क अध्ययनको लागि विशेष छात्रवृत्ति कार्यक्रम सीटीईभीटीले ल्याएको छ ।

चालु शैक्षिक वर्षदेखि प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ वटा स्थानीय तहका छात्रछात्रालाई आवासीय सुविधा सहित छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसका लागि सीटीईभीटले छनोट परीक्षा लिइसकेको छ भने भर्नाको तयारी रहेको जनाएको छ । ती पालिकाका विद्यार्थीलाई निर्वाह भत्ता, यातायात लगाय सम्पूर्ण सुविधा प्रदा नगरिने सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए ।

प्राविधिक शिक्षाको पहुँच नपुगेका पालिकाहरू

A Levels MA
Thuprai - Books and E-books