
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा वैशाख २९, २०८३ भित्र सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (OCE) ले प्राविधिक तथा प्रशोधन कार्य समयमै सम्पन्न भएमा वैशाख २८ गते नै नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ। यदि उक्त दिन सम्भव नभएमा वैशाख २९ गते नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ।
परीक्षा नियन्त्रक तुकाराज अधिकारीका अनुसार सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने निर्देशन दिएअनुसार कार्यालयले तीव्र रूपमा काम गरिरहेको छ। प्राप्त उत्तरपुस्तिकाको अनलाइन नम्बर इन्ट्री कार्य सुरु भइसकेको र अधिकांश उत्तरपुस्तिका सम्बन्धित केन्द्रबाट प्राप्त भइसकेको उनले जानकारी दिए।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा जापानस्थित एक केन्द्रसहित कुल १,९६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। साथै, देशभरका ११ हजार ३७९ माध्यमिक तहका विद्यालयका विद्यार्थीहरूले परीक्षा दिएका थिए।
परीक्षा नियन्त्रक अधिकारीले नयाँ परीक्षा मोडालिटीअनुसार तोकिएका केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको जानकारी दिँदै नतिजा छिटो प्रकाशन गर्ने लक्ष्यअनुसार मूल्यांकन प्रक्रिया सञ्चालन गरिएको बताए।
विद्यार्थीहरूले एसईई नतिजा SMS, IVR तथा विभिन्न वेबसाइटमार्फत हेर्न सक्नेछन्। बोर्डले तोकिएका शर्टकोड तथा आधिकारिक प्लेटफर्ममार्फत नतिजा उपलब्ध गराइने जनाएको छ। साथै, नतिजासम्बन्धी थप जानकारी समयमै उपलब्ध गराइने पनि उल्लेख गरिएको छ।
एसईई नतिजासम्बन्धी पछिल्ला अपडेट प्राप्त गर्न विद्यार्थी तथा अभिभावकलाई नियमित रूपमा विश्वसनीय सूचना प्लेटफर्महरूसँग सम्पर्कमा रहन आग्रह गरिएको छ। नियमित अपडेट तथा नतिजा हेर्ने चरणबद्ध जानकारी see.edusanjal.com मा पनि उपलब्ध गराइनेछ।
वेबसाइटमार्फत एसईई नतिजा हेर्ने तरिका
विद्यार्थी तथा अभिभावकहरूले एसईई २०८२ को नतिजा निम्न वेबसाइटहरूमार्फत अनलाइन हेर्न सक्नेछन्:
| संस्थाको नाम | वेबसाइट |
|---|---|
| Edusanjal | see.edusanjal.com |
| National Examination Board, Grade 10, Sanothimi |
www.see.gov.np |
| National Examination Board, Sanothimi |
www.neb.gov.np |
| Nepal Telecom | see.ntc.net.np |
| Kantipur | results.ekantipur.com |
विद्यार्थीहरूले IME Khalti Ltd., The Connect Plus तथा Ncell Axiata Limited लगायतका अधिकृत सेवा प्रदायकमार्फत पनि एसईई नतिजा हेर्न सक्नेछन्। साथै, Neema Education Foundation, Phoenix Education Foundation, Ambition Guru, NEB Results & News Pvt. Ltd. तथा Indreni Times Network Pvt. Ltd. ले पनि एसईई नतिजा सेवा उपलब्ध गराउनेछन्।
Edusanjal मार्फत एसईई नतिजा कसरी हेर्ने?
विद्यार्थीहरूले see.edusanjal.com मा निःशुल्क रूपमा आफ्नो नतिजा हेर्न सक्नेछन्।
- see.edusanjal.com वेबसाइटमा जानुहोस्।
- दिइएको बाकसमा आफ्नो सिम्बोल नम्बर टाइप गर्नुहोस्।
- “Search” बटनमा क्लिक गर्नुहोस्।
- त्यसपछि तपाईंको नतिजा स्क्रिनमा देखिनेछ।
SMS/IVR मार्फत एसईई नतिजा हेर्ने विकल्प
विद्यार्थीहरूले SMS वा IVR सेवा प्रयोग गरेर पनि एसईई २०८२ को नतिजा हेर्न सक्नेछन्। यसका लागि मोबाइलबाट SEE (Space) Symbol No. टाइप गरी तल दिइएका नम्बरमा पठाउनुपर्नेछ।
नेपाल टेलिकम
- SMS/USSD तथा IVR सेवा: 1600
नेपाल टेलिकमबाहेक अन्य SMS सेवा प्रदायकहरू
| संस्था | माध्यम | सर्ट कोड |
|---|---|---|
| Nepal Telecom | SMS/USSD तथा IVR | 1600 |
| Janaki Technology | SMS | 35001 |
| Ambition Guru Pvt. Ltd. | SMS | 31061 |
परीक्षा नियन्त्रक टुकराज अधिकारीसँगको अन्तर्वार्ता
विद्यार्थी तथा अभिभावकबाट प्राप्त भइरहेका विभिन्न जिज्ञासाको समाधान गर्न Edusanjal टोलीले परीक्षा नियन्त्रक श्री टुकराज अधिकारीसँग अन्तर्वार्ता गरेको छ। नतिजा प्रकाशन मिति, रि-टोटल तथा अन्य महत्वपूर्ण जानकारीबारे विस्तृत बुझ्न सम्बन्धित अन्तर्वार्ता हेर्न सकिन्छ।
एसईई नतिजाको ग्रेडिङ प्रणाली
यसअघि एसईई परीक्षाको नतिजा प्रतिशत प्रणालीमा प्रकाशित हुने गरेको थियो। तर, २०१६ सालदेखि परीक्षा नियन्त्रण कार्यालयले एसईई नतिजामा लेटर ग्रेडिङ प्रणाली लागू गरेको हो।
| क्र.सं. | प्रतिशत (%) | ग्रेड | विवरण | ग्रेड पोइन्ट |
|---|---|---|---|---|
| १ | ९० देखि १०० | A+ | उत्कृष्ट (Outstanding) | ४.० |
| २ | ८० देखि ९० भन्दा कम | A | अत्युत्कृष्ट (Excellent) | ३.६ |
| ३ | ७० देखि ८० भन्दा कम | B+ | धेरै राम्रो (Very Good) | ३.२ |
| ४ | ६० देखि ७० भन्दा कम | B | राम्रो (Good) | २.८ |
| ५ | ५० देखि ६० भन्दा कम | C+ | सन्तोषजनक (Satisfactory) | २.४ |
| ६ | ४० देखि ५० भन्दा कम | C | स्वीकार्य (Acceptable) | २.० |
| ७ | ३५ र सोभन्दा माथि | D | आधारभूत (Basic) | १.६ |
| ८ | ३५ भन्दा कम | Non-graded | वर्गीकरण नगरिएको | — |
एसईईपछि के गर्ने?
एसईई नतिजा प्रकाशनपछि विभिन्न छात्रवृत्ति कार्यक्रमहरू खुल्नेछन्, जसले विद्यार्थीहरूलाई +2 तह वा डिप्लोमा तह (प्राविधिक, CTEVT अन्तर्गत) अध्ययन गर्ने अवसर प्रदान गर्नेछन्। छात्रवृत्ति, आवेदन म्याद लगायतका जानकारी सम्बन्धित छात्रवृत्ति सूचनामार्फत प्राप्त गर्न सकिनेछ।
त्यस्तै, नतिजा प्रकाशनपछि विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा शिक्षा संकायमा +2 भर्ना प्रक्रिया सुरु हुनेछ। विभिन्न विद्यालय तथा कलेजहरूको प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी जानकारी सम्बन्धित संस्थाहरूले सार्वजनिक गर्नेछन्।
आफूलाई उपयुक्त कार्यक्रम छान्नुहोस्
शैक्षिक कार्यक्रमहरू (NEB)
- Science
- Management
- Humanities
- Education
- Ten Plus Two (+2) Law
- GCE A Level
- GCE A Level – Science
- GCE A Level – Non-Science
प्राविधिक कार्यक्रमहरू (CTEVT)
- PCL Nursing (Staff Nurse)
- Diploma in Civil Engineering
- PCL in General Medicine – Health Assistant (HA)
- Diploma in Agriculture (Plant Science)
- Certificate in Medical Laboratory Technology (CMLT)






