SEE Result 2082

एसईई २०८२ को नतिजा सार्वजनिक, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं, वैशाख २८ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको एक महिनाभित्र आज वैशाख गते २८ नतिजा प्रकाशित गरिएको हो।

यो सरकारको निर्देशनअनुसार SEE नतिजा परीक्षा समाप्त भएको एक महिनाभित्र प्रकाशन गर्नुपर्ने व्यवस्थाअनुरूप हो । उक्त परीक्षा चैत्र १९ गतेदेखि सुरु भई चैत्र २९, २०८२ मा समाप्त भएको थियो ।

हामी परीक्षा नियन्त्रण कार्यालय (OCE) बाट SEE नतिजा फाइलको प्रतीक्षामा छौँ। फाइल प्राप्त हुनासाथ हामी हाम्रो सर्भरमा अपलोड गर्नेछौँ। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले आफ्नो नतिजा अनलाइन see.edusanjal.com मा हेर्न सक्नेछन्। 

एसईई ग्रेडिङ प्रणाली (Letter Grading System) 

SN

प्रतिशत (%)

ग्रेड

विवरण

ग्रेड प्वाइन्ट

९० देखि १००

A+

उत्कृष्ट

४.०

८० देखि ८९.९९

A

अति राम्रो

३.६

७० देखि ७९.९९

B+

धेरै राम्रो

३.२

६० देखि ६९.९९

B

राम्रो

२.८

५० देखि ५९.९९

C+

सन्तोषजनक

२.४

४० देखि ४९.९९

C

स्वीकार्य

२.०

३५ देखि माथि

D

आधारभूत

१.६

३५ भन्दा कम

NG

अङ्क नलागेको

वर्गीकरण नभएको

नतिजा हेर्ने तरिका

विद्यार्थीहरूले आफ्नो नतिजा विभिन्न १४ संस्थाले उपलब्ध गराएको वेबसाइट, एसएमएस र आईभीआर सेवा मार्फत सजिलै हेर्न सक्नेछन्। नतिजा राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र एसईईको वेबसाइट (www.see.gov.np) मा समेत उपलब्ध छ। विद्यार्थीहरूले नेपाल टेलिकम, एसईई तथा राष्ट्रिय परीक्षा बोर्डको कार्यालयको वेबसाइटमा गई आफ्नो प्रवेशपत्र नम्बर (symbol number) र जन्ममिति हालेर ग्रेडसिट डाउनलोड गर्न सक्नेछन्।

ग्रेडिङ सम्बन्धी नियमहरू

"लेटर ग्रेडिङ निर्देशिका २०७८" अनुसार परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा आधारित हुन्छ। पास हुनका लागि विद्यार्थीहरूले सैद्धान्तिक (theory) र आन्तरिक मूल्याङ्कन (internal) दुवैमा कम्तीमा ३५% अङ्क अनिवार्य रूपमा ल्याउनु पर्नेछ। ७५ पूर्णाङ्क भएको विषयको सैद्धान्तिकमा कम्तीमा २७ अङ्क अनिवार्य २५ पूर्णाङ्क भएको आन्तरिक मूल्याङ्कनमा कम्तीमा १० अङ्क अनिवार्य ल्याउनु पर्नेछ।

पूरक परीक्षा (Supplementary Exam)

अधिकतम दुई विषयमा NG (Non-Graded) पाएका विद्यार्थीहरूले पूरक परीक्षा (पुरक) दिने मौका पाउनेछन्। पूरक परीक्षा नतिजा सार्वजनिक भएको एक महिनापछि सञ्चालन हुनेछ। यसबाट विद्यार्थीहरूले कक्षा ११ मा भर्ना हुने अवसर नछुटाईकन अङ्क सुधार गर्न सक्नेछन्। पूरक परीक्षाको नतिजा पनि एक महिनाभित्र सार्वजनिक गरिनेछ।

बार्षिक परीक्षा (Annual Exam)

दुईभन्दा बढी विषयमा NG पाएका विद्यार्थीहरूले आगामी तीन वर्षसम्म वार्षिक परीक्षा दिई अङ्क सुधार गर्न सक्नेछन्।

 पुनःजाँच र पुनःमूल्याङ्कन

यदि कोही विद्यार्थी आफ्नो नतिजाबाट असन्तुष्ट भएमा सो विद्यार्थीले पुनःजाँच वा पुनःमूल्याङ्कनको लागि अनलाइन आवेदन दिन सक्नेछ।यससम्बन्धी विस्तृत जानकारी राष्ट्रिय परीक्षा बोर्ड, SEE वेबसाइट, वा केन्द्रीय कार्यालयको वेबसाइटमा उपलब्ध हुनेछ।  नाम, थर र उमेर सच्याउने व्यवस्था उमेर, नाम वा थरमा गल्ती भएमा नतिजा प्रकाशित भएको मितिले पाँच वर्षभित्र सुधार गर्न सकिनेछ।सुधारका लागि प्रवेशपत्र वा प्रवेशपत्रमा नै गल्ती भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको निर्णय आधार हुने छ।

नतिजा छुटेको खण्डमा के गर्ने?

कुनै विषय वा सम्पूर्ण नतिजा छुटेको भए विद्यार्थीले एसईई वेबसाइटबाट “Result Inquiry Form” डाउनलोड गरी आवश्यक विवरण भरी, प्रवेशपत्रको प्रतिलिपिसहित ईमेलमार्फत शिक्षा विकास तथा समन्वय इकाइ वा एसईई कार्यालयमा बुझाउन सक्नेछन्।

सम्पर्क विवरण

परीक्षा सम्बन्धी थप जानकारीका लागि:

SEE कार्यालय: ०१-६६३०७३९

सूचना अधिकारी: ९८५१३४०१५०

नियमित अपडेटको लागि वेबसाइट: www.see.gov.np

+2 School
Counseling
Bachelors Portal