After SEE Portal

अध्यापन अनुमतिपत्र वितरण सुरु

Bridge Course

शिक्षक सेवा आयोगले एक वर्ष अगाडि लिएको अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ । कोभिड –१९ का कारण लामो समयदेखि वितरण हुन नसकेको तीनै तहको लाइसेन्स आयोगले हिजो देखि वितरण गर्न सुरु गरेको हो ।

आयोगले लिएको परीक्षामा सफल उम्मेद्वारहरुलाई सम्वन्धित प्रदेशको शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमति पत्र वितरण गरिने शिक्षक सेवा आयोगका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

आयोगले सञ्चालन गरेको परीक्षाका प्रदेश नं. १ का सफल परीक्षार्थीले धनकुटा, प्रदेश २ काले धनुषा, वागमती प्रदेशकाले हेटौंडा, गण्डकी प्रदेशका परीक्षाले पोखरा स्थित शिक्षा विकास निर्देशनालयबाट लाइसेन्स लिन सक्ने आयोगले जानकारी दियो ।

त्यस्तैगरी, प्रदेश न ५ का सफल परीक्षार्थीले वुटवल, कर्णाली प्रदेशकाले सुर्खेत र सुदुरपश्चिम प्रदेशका परीक्षार्थीको लाइसेन्स दिपायलस्थित शिक्षा विकास निर्देशनालयबाट वितरण गरिने आयोगले जानकारी दियो ।

आयोगले शिक्षा ऐन, २०२८ (संशोधन सहित) र शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को अधिनमा रही २०७६ साल आषाढमा प्रकाशित विज्ञापन अनुसार लिइएको अध्यापन अनुमति पत्रको परीक्षामा सफल उम्मेदवारहरुलाई अध्यापन अनुमति पत्र लिनका लागि सम्पूर्ण सफल परीक्षार्थीलाई आग्रह समेत गरेको छ ।

गत असोजमा सञ्चालन गरिएको अध्यापन अनुमतिपत्रको परीक्षामा करिव दुई लाख २६ हजार परीक्षार्थी सम्मिलित थिए । तीमध्ये करिव १८ हजार परीक्षाउत्तीर्ण भएका थिए । आयोगले बन्दाबन्दी अघि नै माध्यमिक र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको थियो । भने गत असारमा प्राथमिक तहको नतिजा सार्वजनिक गरेको हो ।

माध्यमिक र निम्न माध्यमिक तहमा पहिलो पटक विषयगत लाइसेन्सको परीक्षा लिइएको थियो । माध्यमिक तहको नेपाली विषयको परीक्षामा जम्मा १७ दशमलव ०६ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भए भने निम्नमाध्यमिक तहमा ४ दशमलव २० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भए ।

नेपाली मात्र होइन सामाजिक, विज्ञान, गणित विषयमा १० प्रतिशतभन्दा माथि परीक्षार्थी उत्तीर्ण हुन सकेका छैनन् । त्यसैगरी प्राथमिक तहमा कुल सहभागी परीक्षार्थी मध्ये ५ दशमलव ८३ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

लाइसेन्स परीक्षाको नतिजाले नेपालको वर्तमान शिक्षा प्रणालीमा नै गम्भीर प्रश्न उब्जाएको शिक्षाविद् प्राडा विद्यानाथ कोइराला बताउँछन् । ‘नेपाली विद्यार्थीमा पढ्नुपर्छ भन्ने सोचको विकास गर्न सकिएन ।’ उनले भने, ‘विषयवस्तुको ज्ञाननै नभएका, तानतुनको भरमा कक्षा चढेका, होहल्लाका भरमा स्तरोन्न्ति भएका विद्यार्थीको पहुँचका कारण नतिजा लज्जास्पद भयो ।’

1275

A Levels MA
Thuprai - Books and E-books