After SEE Portal

१९ वर्ष नक्कली प्रमाणपत्रका भरमा शिक्षण

Bridge Course

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नक्कली प्रमाणपत्र सम्बन्धी बढी उजुरी पर्ने गरेका छन् । अख्तियारमा परेका उजुरीको छानबिनका क्रममा शिक्षकका प्रमाणपत्र बढी नक्कली भएको पाइएको छ । पछिल्लो समय अन्य पेसामा प्रवेश गरेकाको पनि प्रमाणपत्र नक्कली भएको पाइएको हो ।

अख्तियारको छानबिनमा पछिल्लो दुई दिनमा तीन जनाको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ । तीन जना मध्ये दुई जना शिक्षक र एक जना नेपाल प्रहरीका अधिकृतको प्रमाणपत्र नक्कली भेटिएको छ ।

लैनचौर काठमाडौंस्थित शान्ति विद्यागृहमा विज्ञान विषयका शिक्षक दीपक बाबु अर्यालले १९ वर्ष अगाडिदेखि नक्कली प्रमाणपत्रका भरमा शिक्षण गर्दै आएको भटिएको छ ।

माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक अर्यालले बिएस्सी तहको नक्कली प्रमाणपत्र पेस गरी मावि तहको शिक्षक पदमा नियुक्ति लिएर शिक्षण गरिरहेको अनुसन्धानका क्रममा खुल्न आएको हो ।

अर्यालले मगध विश्वविद्यालय बिहार भारतबाट नक्कली प्रमाणपत्र ल्याएर सेवा प्रवेश गरेको अख्तियारको  अनुसन्धानमा पुष्टि भएको हो । २०५७ जेठ २५ गते अस्थायी शिक्षकमा नियुक्ति लिएका अर्याल २०६३ भदौ २९ गते स्थायी भएका हुन् ।

उनको प्रमाणपत्र पटकपटक सम्बन्धित निकायमा पेस गरिए पनि उनको प्रमाणपत्रका बारेमा छानबिन नभएको हुँदा निजले लामो समयसम्म सार्वजनिक पदको दुरुपयोग गर्ने अवसर पाएका हुन् ।

छानबिनका क्रममा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको हो । कार्कीले भारतको मगध विश्वविद्यालय बोधगया भारतबाट बीसीओएम गरेको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारले जानकारी दियो ।

कार्कीले सेवा प्रवेशको समयमा नक्कली प्रमाणपत्र पेस गरेको र सोही प्रमाणपत्र बढुवामासमेत प्रयोग गरेको खुल्न आएको हो । निजको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको हो ।

त्यस्तै हिजो मात्र कालिका प्राथमिक विद्यालय तनहुँमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता कमला वाग्ले (कोइराला)को शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ ।

वाग्लेले भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको खुल्न आएको हो ।

अख्तियारमा परेको उजुरी माथि छानविन हुँदा शिक्षक, नेपाल प्रहरी तथा संस्थानका कर्मचारीले छलेर झुठ्ठा प्रमाणपत्र पेसगरी सेवा प्रवेश गरेको अख्तियारले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books