A Levels MA

शिक्षकले बढेको तलव साउनदेखि नै पाउने

शिक्षकले चालु आर्थिक वर्षको बजेट भाषणामा घोषणा गरिएको तलव साउन देखि नै पाउने भएका छन् ।  सरकारले  साउन १ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ ।

शिक्षकसँगै सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहारी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवाका लागि नयाँ तबलमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारले कर्मचारीको नयाँ तलवमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको बताए ।

चालू आर्थिक वर्षको बजेटमा सरकारी सेवाका कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने  घोषणा गरेको थियो ।

Thuprai - Books and E-books