शिक्षक सेवा आयोगले पूर्णता पाएन, शिक्षकलाई प्रधानमन्त्री देउवाले ढाँटे

आयोग गत असोजदेखि अध्यक्ष विहीन थियो । त्यस्तै अघिल्लो वर्षको असारमा सदस्य ज्ञानी यादव र अर्का सदस्य सिताराम पोख्रेलको पदावधि २०७५ मंसिरमा सकिएको थियो । सो समय देखि तीनै पद रिक्त छन् ।

शिक्षक सेवा आयोगले  आज पनि पूर्णता पाउन सकेन । मन्त्री परिषद्को आजको बैठकमा पनि शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्त हुन सकेनन् । बिगत १० महिना अगाडिदेखि शिक्षा ऐनले गरेको प्रावधान अनुसार छनोट भएका पदाधिकारी नियुक्त हुन सकेनन् ।  विभिन्न संघ संगठनका शिक्षक प्रतिनिधिसंग मन्त्री परिषद्को तत्काल हुने बैठकमा सिफारिस भएका  पदाधिकारीलाई नियुक्त गर्ने  भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि  आफूहरुलाई ढाँटेको शिक्षकहरुको गुनासो छ । 

पदाधिकारी नियुक्तिमा ढिलाई गरेर सरकारले नै शिक्षाको गुणस्तरमा दीर्घकालीन  असर पुर्याइ रहेको छ । पदाधिकारी नियुक्तिमा ढिलाई गरेर सरकारले नै शिक्षाको गुणस्तरमा दीर्घकालीन  असर पुर्याइ रहेको छ ।   राष्ट्रिय किताबखाना (शिक्षक) को तथ्यांक अनुसार देशभरिबाट दैनिक ३० जना शिक्षकले सेवाबाट अवकास पाउँछन् ।  ती ठाउँमा नयाँ शिक्षक नियुक्ति गर्नु पर्दा दलकै सोर्सफोर्समा शिक्षणका आधारभूत सिद्धान्त सम्म नबुझेका दलका  झोले कार्यकतालाई नियुक्ति दिइन्छ । उनीहरुको शिक्षक कौशलको बारेमा बोल्नु भन्दा कानमा  तेल हालेर बस्नुनै उपयुक्त हुने नाम नलेख्ने सर्तमा भर्खरै प्रधानमन्त्रीलाई भेटेर आएका एक शिक्षकले बताए । ‘सरकारको नेतृत्व परिवर्तनले शिक्षा क्षेत्र र शिक्षकका पीर मर्कालाई कहिले देखेन, विषयगत शिक्षकको देशैभरि अभावहुँदा समेत आयोगले विज्ञापन गर्न सकेन ।’ उनले भने, ‘जुन राजनैतिक व्यवस्था आएपनि नेपालमा शिक्षा जगतलाई वेवास्त नै गरियो ।’ 

शिक्षालाई हेर्ने दृष्किोणमा सरकारले नै परिवर्तन नगरे अरुले परिवर्तन गर्न नसक्नेमा  शिक्षक तथा सरोकारवालाहरु  एक छन् । पूर्वाधारको पनि पूवार्धार शिक्षाको चौतर्फि विकास गर्न नसके देशले समृद्धि होइन अधोगति लिने शिक्षक रमेश भट्टराई बताउँछन् । ‘यो सरकार पनि उस्तै हो । पूर्वाधारको पनि पूर्वाधारका रुपमा रहेको शिक्षाको गुणस्तर सुधारमा यो सरकार पनि मुक दर्शक बन्ने प्रष्ट देखियो ।’ उनले भने, ‘शिक्षा ऐनले व्यवस्था गरेको समितिले वैधानिक तवरले सिफारिस गरेको व्यक्तिलाई नियुक्त गर्न हिच्किचाउनु भनेको शिक्षकको वृत्ति र विकासमा बाधक बन्नु हो ।’

तत्कालीन लोक सेवा आयोका प्रमुख उमेशप्रसाद मैनालीको अध्यक्षतामा  त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनाली सदस्य रहेको सिफारिस समितिले गत पुसमा तीनै जनालाई नियुक्तिका लागि  सरकारलाई सिफारिस गरेको थियो । नियुक्तिका लागि सिफारिस भएको ९ महिना बित्न लाग्दा तीनैजनालाई अहिलेसम्म नियुक्त गर्न सकेको छैन ।

सो समितिले पूर्व सचिव मधुप्रसाद रेग्मीलाई अध्यक्ष तथा जनसेवा मावि काठमाडौं, कीर्तिपुरको पूर्वप्रधानाध्यापकबाट नन्दकुमारी महर्जन र शिक्षा मन्त्रालयका पूर्व सहसचिव डा. डिल्लिराम रिमाललाई सदस्यमा नियुक्ति गर्न गरेको सिफारिस अलपत्र भएको छ । अध्यक्ष पूर्व सचिव हुन् भने महर्जन जनसेवा मावि कीर्तिपुरकी सेवा निवृत्त प्रधानाध्यापक र रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव भएर आफ्नो कार्यभार सम्हाली सकेका छन् ।

आयोग गत असोजदेखि अध्यक्ष विहीन थियो । त्यस्तै अघिल्लो वर्षको असारमा सदस्य ज्ञानी यादव र अर्का सदस्य सिताराम पोख्रेलको पदावधि २०७५ मंसिरमा सकिएको थियो । सो समय देखि तीनै पद रिक्त छन् ।

पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पक्षका मान्छेको सिफारिस नपरेको भन्दै सो सिफारिसलाई हस्क्षेपपूर्ण तरिकाले आलटाल गर्दै आएका थिए । सिफारिस बदर गर्नका लागि तत्कालीन लोक सेवा आयोगका अध्यक्षलाई दबाबमूलक पत्रचार गर्नुका साथै आफ्नो निर्णय नमान्ने सचिवलाई सरुवा समेत गरेका थिए । चौतर्फि दवावका बाबजुद उनले पदाधिकारी नियुक्त गर्न नै चाहेनन् । त्यसैले प्रभावित भएको आयोगको दैनिक कार्य अझै सुचारु हुने सकेन । मन्त्रालयका एक उपसचिवका अनुसार पूर्व समितिले वर्तमान सत्ताधारी दलका समर्थकलाई नै नियुक्तिका लागि सिफरिस गरेको भए पनि सो नियुक्ति रोकिएको छ । शिक्षक महासंघका एक लुम्बिनी प्रदेश सदस्यका अनुसार नेपाली कांग्रेस निकट शिक्षकहरुको समूहले आफ्नै पक्षका व्यक्तिलाई नियुक्त गर्न पहल गरेका कारण आज पनि नियुक्ति हुन नसकेको हो । उनले भने केही दिन अघि हामीले यो प्रसंगमा प्रधानमन्त्रीसंग छलफल गर्दा नियुक्ति प्रक्रिया तत्काल थालनी गर्ने प्रतिवद्धता जनाएको भएपनि आफूहरुलाई ढाँटेको गुनासो गरे ।

पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पक्षका मान्छेको सिफारिस नपरेको भन्दै सो सिफारिसलाई हस्क्षेपपूर्ण तरिकाले आलटाल गर्दै आएका थिए । 

लामो समयदेखि पदाधिकारी विहीन हुँदा आयोगको दैनिक प्रशानिक कार्य प्रभावित भएको प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले बताए । ‘आयोग एक वर्ष अगाडिदेखि अपूर्ण हुँदा दैनिक सम्पादन गर्नुपर्ने कार्यका साथै शिक्षक पदपूर्ति गर्न नसकिएको, अध्यापन अनुमति पत्र (लाइसेन्स) मा देखिएको त्रुटि सच्याउन, कानुनी प्रक्रियाका लागि जवाफ दिन सकिएको छैन’ प्रमुख श्रेष्ठले भने, ‘आयोग मृत अवस्थामा रहदा शिक्षक छनोटका लागि आन्तरिक तथा खुला परीक्षाका लागि विज्ञापन गर्न सकेका छैनौं ।’

आयोगले विषयगत लाइसेन्सको परीक्षाका लागि २४ वटा विषयको मात्र पाठ्यक्रम तयार गरेको छ । पहिलो चरणमा सबै विषयको विषगत लाइसेन्सको परीक्षाका लागि पाठ्यक्रम निर्माण गर्ने र तत्काल शिक्षक छनोटका लागि खुला तथा आन्तरिक बढुवाका लागि विज्ञापन गर्न सचिवालय तयारी अवस्थामा रहेको आयोगका प्रवक्ता सुर्दशन मरहठ्ठाले बताए । पदाधिकारी विहीन हुँदा आफूहरुले सबै प्रक्रियाका लागि तयारी रहँदा पनि रोकिएर बस्नु परेको दुखेसो पोेखे ।

Thuprai - Books and E-books