After SEE Portal

आफ्ना माग पुरा नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी सहित शिक्षक महासङ्घको आन्दोलन स्थगित

Bridge Course

नेपाल शिक्षक महासङ्घले कार्तिक २८ गतेदेखि गर्ने भनेको काठमाडौं केन्द्रित आन्दोलन तत्कालका लागि स्थगित गरेको छ । सबै खाले शिक्षक तथा विद्यालय कर्मचारीको धैर्यतालाई अवमूल्यन गर्दै सरकारबाट विगत जस्तै ढिलासुस्ती र टालटुले व्यवहार प्रदर्शित भएमा तत्काल वार्ता छोडेर तुरुन्तै आन्दोलनलाई अझ सशक्त गराई निर्णयक बनाउने, सडकबाटै सरकारलाइ शिक्षक कर्मचारीका मागमुद्दा सम्बोधन गर्न बाध्य पार्ने आन्दोलनमा जाने चेतावनी सहित महासंघले तत्काललाई आन्दोलन स्थगित गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षा मन्त्रालयले वार्ताका लागि टोली गठन गरी वार्ताको आव्हान भएको हुनाले महासंघले वार्ता स्थगित गरेको एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

महासंघको हिजोको राष्ट्रिय समितिको निर्णय अनुसार काठमाडौं केन्द्रित सडक आन्दोलन स्थगित गरी वार्तामार्फत् शिक्षक–कर्मचारीका समस्या समाधान गर्न ९ सदस्यीय वार्ता टोली पठाउन औपचारिक पत्र प्राप्त भएको हुनाले तुरुन्तै सरकारसंग वार्तामा सामेल हुन आन्दोलन स्थगित गरेको महासंघले एक विज्ञप्ति जारी गरी जानकारी दियो ।

पूर्व ३० बँदे सहमति एवम् २०७८ वैशाख २० गते अघि सारिएको ३४ सूत्रीय मागपत्रमा उठाइएका मागमुद्दा सम्बोधनको विश्वसनीय आधार निर्माणका लागि मन्त्रालय वार्ताको टेबलमा प्रष्ट खाका र योजना सहित आउन अनिवार्य भएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरोकारवाला अन्य मन्त्रालयको समेत प्रतिनिधित्व सुनिश्चित गरी हरेक बुँदामामा आवश्यक तयारी, छलफल,वहस तथा सहमति गर्दै सबै समस्या निरुपण गर्न केही समय लाग्ने भएकाल २०७८ मङ्सिर मसान्तसम्म निरन्तर वार्ता तथा संवादमा रहने गरी महासंघले तालिका निर्धारण गरेको छ ।

महासंघ स्थायी, करार–अस्थायी, राहत, साविक उमावि, बाल विकास लगायतका सबै खाले शिक्षक एवम् विद्यालय कर्मचारीका मूलभूत समस्याहरुको एकमुष्ठ र अग्रगामी सामाधानका लागि प्रतिबद्ध भई वार्तामा अग्रसर भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

अध्यक्ष कमलादेवी तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदी द्वारा हस्ताक्षरित विज्ञप्तिमा वार्ता चलिरहँदा अत्यन्त चनाखो रही आन्दोलित मानसिकतामा यथावत् रहन तथा नयाँ उर्जा सहित नयाँ उचाइको आन्दोलनको सुनामी सिर्जना गर्ने प्रतिबद्धताका साथ तम्तयार रही रहन सबै शिक्षक कर्मचारीलाई अपिल समेत गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books