After SEE Portal

शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने, लाइसेन्स वितरण गर्न समय लाग्ने

Bridge Course

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन –२०८० को प्रवेशपत्र प्रिन्ट गर्ने सकिने भएको छ ।

आयोगले आज सूचना प्रकशित गरी भदौ ११ गते प्रकाशित आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन–२०८० बमोजिम दरखास्त फाराम भर्ने शिक्षकले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने जनाएको हो ।

आयोगको आधिकारीक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ बाट रजिष्टर्ड गरिएको Email address र Password बाट Login गरी दरखास्त पेश गरेको विवरणमा click गरी पुनः view मा click गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिने आयोगले जानकारी दियो ।

 प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रुपमा ल्याउन समेत निर्देशन दिएको हो ।

लाइसेन्स वितरण गर्न समय लाग्ने

आयोगले विज्ञापन नं. ३९–०७९–८०को माध्यमिक तह, अध्यापन अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशन गरिसकेको भए पनि प्रमणपत्र वितरण गर्न केही समय लाग्ने जनाएको छ ।

आयोगले सबै एकाईलाई निर्देशन दिँदै उत्तीर्ण उम्मेदवारको प्रमाण पत्र छपाइमा ढिला हुने भएकाले प्रमाणित गरी कुनै उत्तीर्ण उम्मेदवारले कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने प्रयोजन खुलाई अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएको प्रमाणित गरिदिन सर्त बमोजिम निवेदन दिएम आयोगको नतिजामा रुजुगरी प्रमाणित गरी दिन निर्देशन दिएको हो ।

अधिकृतस्तरको कर्मचारीबाट प्रमाणित गरी दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

A Levels MA