After SEE Portal

परीक्षामा टिकटक बनाउने शिक्षक विद्यार्थीलाई कारबाही

Bridge Course

गत मंसिरमा सञ्चालन गरिएको कक्षा १२ को बार्षिक परीक्षामा अमर्यादित कार्यमा संलग्न शिक्षक विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ ।

कालिका मावि सिहासैन, दैलेखका विद्यार्थी रोशन कुमार शाहीले परीक्षाको मर्यादा विपरीत परीक्षाका सम्पूर्ण गतिविधिलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेको हुँदा निजलाई बोर्डले कारबाही गरेको हो ।

बोर्डले परीक्षाका सम्पूर्ण गतिविधि सार्वजनिक गरेको हुँदा परीक्षा शाहीको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरेको छ ।

साथै सोही विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र उक्त विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षा सम्बन्धी काममा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जानकारी दियो ।

बोर्डले दुवै शिक्षकलाई विभागीय कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको  एक सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books