After SEE Portal

नयाँ शैक्षिक सत्र जेठदेखि सुरु गर्दा उपयुक्त

Bridge Course

नयाँ शैक्षिक सत्र जेठदेखि सुरु गर्दा उपयुक्त हुने सुझाव विद्यालयका प्रधानाध्यापकहरुले दिएका छन् ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आज दरबार हाइस्कुलमा आयोजना गरेको छलफल कार्यक्रम सहभागी प्रधानाध्यापकहरुले. अबको ४७ दिन विद्यालयमा सकेसम्म पठनपाठन गराई वैशाखमा वार्षिक परीक्षा, नतिजा प्रकाशन र भर्ना अभियान सञ्चालन गरी जेठबाट पठनपठान गराउन उपयुक्त हुने सुझाब दिएका हुन् ।

सो छलफलमा बोल्दै नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले फागुन र चैत्रका सबै दिन पठनपाठन मात्र गराउने औपचारिक कार्यक्रममा महासंघका शिक्षक सहभागी हुनुपर्ने भए सबैले सार्वजनिक विदाका दिन सञ्चालन गर्न सबैलाई आग्रह गर्दै भने, ‘चैत्र महिना सम्मका दिन पठनपाठनलाई मात्र केन्द्रीत गरौं, वैशाखमा स्थानीय निर्वाचन अघि परीक्षा सञ्चालन गरी जेठमा नयाँ शैक्षिक सत्र सुरु गरौं ।’

पाठ्यक्रम अनुसार पाठ्यपुस्तक भन्दा विषयवस्तुमा जोड दिएर समयमा नै पठनपाठन गराइसक्नु पर्ने, समयमा नै परीक्षा तथा नतिजा प्रकाशन गर्नुपर्ने निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) उपाध्यक्ष कृष्ण अधिकारीले बताए ।

वैकल्पिक सिकाइ प्रभावकारी नभएको, अनलाइनको पहुँच भएका ठाउँमा पनि मुस्किलले ६० प्रतिशत मात्र विद्यार्थी सहभागी भएको र उनीहरु नियमित नभएका कारण अबको विद्यालय खुल्ने ४७ दिनमा ३७ दिन पठनपाठनमा जोड दिनुपर्ने दरबार हाइस्कुलका प्रधानाध्यापक शारदा पौडेलले बताइन् । ‘वैकल्पिक कक्षामा बालबालिकालाई नियमित गराउन सकिएन, कोर्स त सकियो तर विद्यार्थीले बुझेनन् ।’ उनले भनिन्, ‘कर्मकाण्डी शैक्षिक सत्र सञ्चालन गर्नुभन्दा फागुन र चैत्रमा पुरै कक्षा पठनपाठन गराएर वैशाखमा परीक्षा तथा नतिजा प्रकाशन तथा भर्ना अभियान सञ्चालन गरी जेठबाट मात्र नयाँ शैक्षिक सत्र सुरु गर्दा उपयुक्त हुन्छ ।’

सोही विचारमा सहमत छिन् पद्यकन्या माविका प्रधानाध्यापक रीता तिवारी । उनका अनुसार दुई महिना शिक्षक विद्यार्थीले अल्छी नगरी सिक्ने सिकाउने काम गरेर जेठमा नै नयाँ कक्षा सञ्चालनका लागि उपयुक्त हुन्छ ।

सो छलफलमा प्रगति शिक्षा सदन ललितपुरका प्रधानाध्यापक सूर्य घिमिरेले संक्षिप्त पाठ्यक्रम अनुसार पठनपाठन गराउँदा पनि दुई महिना कोर्स सक्न लाग्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र सञ्चालनका विषयमा मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए । ‘विद्यार्थीले सिक्नु पर्ने आधारभूत कुरा सिकेर मात्र कक्षोन्नति गर्दा उपयुक्त हुन सुझाव आएको छ ।’ उनले भने, ‘मन्त्रालयले सरोकारवालासंग छलफल गरेर ठोस निर्णय लिनेछ ।’

A Levels MA