After SEE Portal

कक्षा १२ को परीक्षा तत्काल सञ्चालन गर्न सुझाव

Bridge Course

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा तत्काल सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । आज बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटो गर्न अनुरोध गरेकी हुन् ।

बैठकमा सभापति घर्तीले कक्षा १२ को परीक्षा स्थगित गर्नुलाई समितिले अस्वभाविक रुपमा लिएको बताईन् । ‘कक्षा १२ को परीक्षा पटक पटक स्थगित हुनुलाई अस्भाविक रुपमा लिएका छौं । उनले भनिन्, बिना बिकल्प दोस्रो पटक परीक्षा स्थगित गरियो । अब छिटो परीक्षा गरेर विद्यार्थीलाई निकास दिन अनुरोध गर्छु ।’

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षा स्थगित गर्नेबारे बोर्डलाई नसोधिएको बताए । उनले बैठकमा प्रतिप्रश्न गर्दै ‘कुन भेरियन्टले कक्षा १२ को परीक्षा रोकियो’ भन्ने प्रश्न गरे । अध्यक्ष पौडेलले परीक्षा रोक्न नहुने पक्षमा आफू भएको बताएका थिए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले अवस्था अनुकुल सकिन्छ भने एकै चोटी र सकिँदैन भने दुई चरणमा परीक्षा गराउन सकिने बताए । जसरी भएपनि छिटो निकास दिनुपर्ने उनको जोड थियो ।

कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेज शुल्कको विषयमा बसेको बैठकमा इन्जिनियरिङ कलेजको शुल्कको विषयमा इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशीले सम्बन्धित कलेजहरुलाई शुल्क ब्रेक डाउन गर्न सुझाव दिएको जानकारी दिए । उनले भने ‘अहिले कलेजहरुले एकमुष्ट शुल्क लिईरहेको छन् । शुल्क कुन शीर्षकमा कत्ति हो भन्ने बनाएर विद्यार्थीसँग छलफल गर्न सुझाव दिएको छु ।’

समिति सभापति घर्तीले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन मन्त्रालय, त्रिवि र संस्थानले निर्देशन दिन अनुरोध गरिन् ।

A Levels MA
Thuprai - Books and E-books