After SEE Portal

पारिश्रमिक माग गर्दै ज्ञापनपत्र प्रस्तुत

Bridge Course

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिले पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

बाल विकास सहयोगी कार्यकर्ता, विद्यालय लेखापाल र विद्यालय सहयोगीको सङ्घीय बजेटले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कायम रहने गरी श्रेणीको आधारमा उपयुक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने मागसहित मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्याललाई ज्ञापनपत्र बुझाएको छ । 

सङ्गठनका अध्यक्ष लेखनाथ भट्टराईले नगर प्रमुख अर्याललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख अर्यालले नगर समितिको मागप्रति आफू गम्भीर भएको र चाँडै नै समाधानको उपाय खोजिने बताए । नगर समिति अध्यक्ष भट्टराईले मेलम्ची नगरपालिकाभित्रका विभिन्न विद्यालयहरूमा देखा परेका समस्या बारे नगर प्रमुखलाई जानकारी गराउँदै समस्या समाधानका लागि नगरपालिकाको आवश्यक पहल गर्न अनुरोध गरेका थिए । 

A Levels MA
Thuprai - Books and E-books