After SEE Portal

कक्षा १ र ६ मा ‘हाम्रो तारकेश्वर’ नामक पुस्तक अध्ययनअध्यापन शुरु

Bridge Course

स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्ष समेटेर तारकेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ।

स्थानीयस्तरका मूल्यमान्यता, कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्नै उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याइएको नगर शिक्षा शाखा प्रमुख होमथान न्यौपानेले बताउनुभयो । नगरपालिकाले शैक्षिक सत्र २०७६ देखि कक्षा १ र ६ मा ‘हाम्रो तारकेश्वर’ नामक पुस्तक अध्ययनअध्यापन शुरु गरेको बताइएको छ ।

एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेशाव्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ । “शैक्षिक सत्र २०७७ देखि थप कक्षा २, ४ र ७ मा समेत स्थानीय पाठ्यपुस्तक पढाइ गर्ने तयारी गरेको छौँ”, प्रमुख न्यौपानेले भन्नुभयो । 

विद्यालयका शिक्षक र जनप्रतिनिधिबीच सहमति भई उक्त पाठ््यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा ७१ संस्थागत, २१ सामुदायिक, दुई महिला र एक धार्मिक विद्यालय छन् ।

A Levels MA