CMAT

दिगो विकासका लागि बीडीभीएसको अध्ययन

नेपालमा करिब १५ हजारको हाराहारीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर-सरकारी संस्था कार्यरत छन् । यिनीहरुले ग्रामीण विकासको लक्ष्यले कार्यारम्भ गरेको बताउँछन् । यिनीहरुमा दक्ष जनशक्तिको आवश्यकता पर्छ । यही आवश्यकताभित्र योगदान गरी राष्ट्र उत्थानमा सेवा पुर्याउने उद्देश्यले ब्याचलर अफ डेभलपमेन्ट स्टडिज (बीडीभीएस) फस्ट सेमेस्टरका टपर सागर सुनुवार बताउँछन् । ‘प्लस टु पछि कुन विषय पढौं भनेर भौतारिइरहेको समयमा पोखरा विश्वविद्यालयको स्कुल अफ डेभलपमेन्ट एण्ड सोसियल इन्जिनियरिङ पोखराको सूचना हेरें ।’ उनी थप्छन्, ‘म यहाँ दिगो विकास नीतिहरू, विकास योजना, विद्यमान सामाजिक समस्याहरू पहिचान र समाधान गर्न, द्वन्द्व व्यवस्थापन लगायतका विभिन्न सामाजिक मुद्दाहरू र घटनाहरूमा अनुसन्धान गर्न सिक्दैछु।’

त्यस्तै बाल्यकालदेखि नै आवाज लुकेकाहरुको आवाज सुन्ने रहर बोकेकी मोनिका रानाभाट सामाजिक परिवर्तन र दवेका आवाज बाहिर ल्याउन बीडीभीएस अध्ययन गरेको उनले बताइन् । ‘माध्यामिक तह पूरा गरेपछि, मैले नेपालका प्रतिष्ठित विश्वविद्यालयहरूको वेबसाइटहरू हेरें, मैले पोखरा विश्वविद्यालयमा बीडीभीएसको पाठ्यक्रम फेला पारे जुन मेरो आकांक्षा र महत्वाकांक्षासँग मेल खायो र यही विषय पढ्न सुरु गरें ।’ उनी भन्छिन्, ‘विद्यार्थीहरूलाई समाजलाई समृद्ध र अगाडि बढाउन विकासका सिद्धान्त, अभ्यास, चुनौती र अवसर सिक्न यो विषय पढेको हुँ ।’

सामाजिक र आर्थिक विकासका अवधारणाहरू बुझ्न र मूल्याङ्कन गर्न आवश्यक शैक्षिक सीप र मनोवृत्तिको विकास गर्न यो कार्यक्रम कोसे ढुङ्गा साबित हुने विश्वविद्यालयको विश्वास छ ।

बीडीभीएस कार्यक्रम पोखरा विश्वविद्यालयले सन् २०१० देखि देखि कार्यान्वयनमा ल्याएको हो । यो कार्यक्रम स्कुल अफ डेभलपमेन्ट एण्ड सोसियल इन्जिनियरिङ पोखरामा र काठमाडौंको कामाद कलेजमा सञ्चालनमा ल्याएको फ्याकल्टी अफ हुमानिटिज एण्ड सोसियल साइन्सका डीन प्राडा अजय थापाले बताए । ‘नेपालको आर्थिक सम्बृद्धिका संवाहक उत्पादन गर्ने उद्देश्यले यो कार्याक्रम ल्याइएको हो ।’ उनले भने, ‘नेपालमा दिगो विकासका लागि दक्ष कार्यकता उत्पादन गर्ने, राष्ट्रको ग्रामीण विकास, लैङ्गिकता, सामाजिक समस्या पहिचान तथा समाधानका विषयमा सूचित गरी आर्थिक सम्वृद्धि हासिल गर्नु यसको उद्देश्य हो ।’

कामाद कलेजमा ४८ जनाको सिट निर्धारण गरिएको छ । जसमध्ये ४३ जना प्रवेश परीक्षा उत्तीर्ण भएका र ५ जना विश्वविद्यालयले छनोट गरेर पठाएका विद्यार्थीलाई पठनपाठन गराउँदै आएको छ ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसले पनि सन् २००५ देखि यो कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । यो कार्यक्रम केयु अन्तर्गतको नेसनल कलेजमा पठनपाठन गराउँदै आएको छ । केयुले हरेक वर्ष ६६ जना विद्यार्थीलाई यो विषय पठनपाठन गराउँदै आएको स्कुल अफ आर्टसका एसोसिएट डीन मेघराज दङ्गालले बताए । ‘नेपालका ६० र विदेशी ६ जना विद्यार्थीलाई कोटा निर्धारण गरेर नै यो कार्यक्रम सञ्चालन गराउँदै आएका हौं ।’ उनले भने, ‘साइन्स, इन्जिनियरिङ, वातावरण विज्ञान लगायत सबै विषयको ज्ञानार्जन गर्न सक्छन् ।’

पढाइको समायावधि

यो चार वर्से कार्यक्रम हो । दुवै विश्वविद्यालयले यो कार्यक्रम आठ सेमेस्टरमा सञ्चालन गर्दै आएका छन् । पोखरा विश्वविद्यालयले यसको के्रडिट आवार १२९ निर्धारण गरेको डीन प्राडा थापाले जानकारी दिए ।  त्यस्तै केयुले पनि यो विषयको के्रडिट आवार १२९ निर्धारण गरेको छ ।

भर्नाका आधार

मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ वा सो सरह पास गरेका जुनसुकै सीजीपीए १.८ ल्याएको हुनुपर्ने, प्रवेश परीक्षा पास गर्नुपर्ने, जुनसुकै समूह पढेकाले पढ्न पाउछन् । विश्वविद्यालयको स्कूल अफ डेभलपमेन्ट एन्ड सोसिल इन्जिनियरिङद्वारा सञ्चालन गरिएको प्रवेश परीक्षा पास गरेको र मेरिट सूचीका आधारमा भर्ना लिँदै आएको छ ।

त्यसैगरी केयुले जुनसुकै समूहमा कक्षा १२ उत्तीर्ण गरेका मूल तीन विषयमा डी ग्रेड प्राप्त गरेर उत्तीर्ण गरेका विद्यार्थीहरू क्युस्याट परीक्षामा ४५ प्रतिशत ल्याएका र अन्तर्वार्तामा उत्तीर्ण विद्यार्थीले यो विषय पढ्न पाउने एसोसइट डीन दङ्गालले बताए । लिखित परीक्षा गणित, अङ्ग्रेजी र सामान्य ज्ञानमा लिने गरेको छ । लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा तयार गरिएको मेरिट लिस्टबाट विद्यार्थी छनोट गरी भर्ना गर्दै आएको छ ।

विनोद मरासिनी

कामाद कोअडिनेटर

नेपालको सामाजिक–आर्थिक विकासको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने यो कार्यक्रम उत्पादन गरिएको कामाद कलेजका कार्यक्रम् संयोजक विनोद मरासिनीले बताए । पाठ्यक्रमले विकासका विविध विषयहरू जस्तै अर्थशास्त्र, लिङ्ग, जनसंख्या, शासन, वातावरण, दिगो विकास, अनुसन्धान, र अन्य धेरै विषय समेटेको उनले जानकारी दिए ।

यसले आर्थिक वृद्धि, सामाजिक र मानव विकास, र अन्तरिक्ष र क्षेत्रको समग्र समृद्धिसंग सम्बन्धित ज्ञान प्रदान गर्ने उनको विश्वास छ ।

यो सोसियल साइन्ससंग सम्बन्धित कोर्स हो । यसमा धेरै कुरा छ । समाजको होलेस्टिक डेभलपमेन्ट कसरी गर्न सकिन्छ ? यसमा समस्या, लैङ्गिकता, गभर्नेन्स, कन्फिल्ट म्यानेजमेन्टका कुरा समावेस गरिएको छ । यो कोर्स पढिसकेपछि समाजमा रहेका विकृति, विसंगति र समस्या अर्थतन्त्र बुझ्ने, जनसंख्या, बसाइसराइ बुझ्न सक्ने जनशक्ति उत्पादन गर्छ ।

चार वर्से कोर्स हो । ८ सेमेस्टर हुन्छ । १२९ के्रडिट आवरको अर्थशास्त्र, पपुुलेसन, म्याथम्याटिक्स विभिन्न कोर्समा पढ्ने विषय पढाइ हुन्छ ।

डिजाएन अनुसार हामीकहाँ धेरै फण्डेड प्रोजेक्ट छन् ।ती प्राजेक्टमा सामाजिक उत्तरदायित्व बहन गर्ने जनशक्तिको अभाव छ ।

स्कोप

सामाजिक कार्यकर्ता उत्पादन हुनछन् । विकासे साझेदार संस्थामा काम पाउँछन् । त्यसैगरी एनजिओ आइएनजीओमा काम गर्न र आफैं संस्था चलाउन सक्ने जनशक्ति उत्पादन हुन्छन् । यो कार्यक्रम पुरा गरेका विद्यार्थीले सरकारी तथा गैर सरकारी संस्थामा काम पाउने, सरकारी सेवामा प्रवेश गर्न,समाजमा सुशासन कायम गर्ने, समाज सेवा गर्न सक्ने एसोसिए डीन दङ्गालले बताए ।

शुल्क

कक्षा कोठामा मात्र नभइ फिल्डमा लाने, केस स्टडी गर्न पठाउने हुँदा कोर्स महंगो छ । विषय विज्ञ ल्याएर कक्षा सञ्चालन गर्ने पोखरा विश्वविद्यालयले चार वर्से यो कोर्सका लागि ६ लाख रुपियाँ शुल्क निर्धारण गरेको छ ।  काठमाडौं विश्वविद्यालयले ६ लाख ४५ हजार शुल्क लिँदै आएको एसोसिएट डीन दङ्गालले बताए ।

उज्वल उपाध्याय

नेसनल कलेज कार्यक्रम कोअडिनेटर

यो कार्यक्रम एसियामा पहिलो पटक केयुले उत्पादन गरेको कार्यक्रम हो । केयुले १९९९ मा पहिलो पटक एसिया लगायत नेपालमा विकासे संघसंस्थामा जनशक्ति अभाव थियो । यसैलाई परिपूर्ति गर्न यो कार्यक्रम ल्याइएको हो । विकास योजना निर्माण, पोलेसी निर्माण लगायत पर्यावरणीय आधारमा विकास योजना कसरी बनाउँदा प्रभावकारी हुन्छ भन्ने विषयलाई आधार मानेर तयार गरिएको हो ।

सबैभन्दा पहिला दक्षिण एसिया, नेपाललाई चिन्नु पर्ने विषयहरू सोसोलोजी, इकोनमिक्स, बेसिक इन्भारुमेन्टका विविध पक्षमा अध्ययन गर्नुपर्छ । यसका अलावा अन्य म्याम्याटिक्स र स्ट्याकस्टीक पढ्नुपर्छ । पहिलो वर्ष परिचय, दोस्रो वर्ष नलेज, तेस्रोमा एप्लिकेसन विषय, टुल्स र रिसर्च मेथोडोलोजी पढाउँछौं । चौथोमा नेलेज र अभ्यासलाई कसरी प्रयोग गर्ने भन्ने विषय पढाउँछौं । चौथो वर्षमा प्राजेक्ट वर्क (थेसिस) राम्रो गर्ने विद्यार्थी व्यवसायिक सिप हासिल गर्छ भन्ने यकिन हुनछ ।

नेसनल कलेजमा साउथ एसिया स्कलरसिपमा श्रीलंका, भूटान, इन्डिया, बंगलादेश, माल्दिभसबाट अध्ययनका लागि आउने गरेका छन् । दोस्रो छात्रवृत्तिमा टपर स्कलसिप प्रदान गर्दै आएको छ । यो स्कलसिप अन्तर्गत टपरले ४० प्रतिशत पाउँछन् । हरेक सेमेस्टरमा ४ जीपीए ल्याउने टपरले ५० प्रतिशत छात्रवृत्ति पाउँने गरेका छन् । मिडिया डिभिजन स्कलरसिप अन्तर्गत जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको छ ।

स्नातकपछि स्कलरसिपमा पढ्ने विद्यार्थीका लागि यो कोर्स अत्यन्तै राम्रो छ । यो कोर्समा साइन्स, आर्ट, इन्जिनियरिङका विविध क्षेत्र समावेश गरिएको छ ।

सामाजिक परिचालक बन्न इच्छिुकका लागि यो विषय उत्तम छ । आफ्ना योजना तथा पालेसी कार्यान्वयन गर्न चाहने, देश विदेश घुम्नका लागि अवसर प्रदान गर्छ ।

 

I Tech store