After SEE Portal

एसईईमा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड ल्याउनेले विज्ञान र गणित पढ्न पाउने

Bridge Course

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा विज्ञान र गणित विषय पढ्न पाउने भएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले तय गरेको कक्षा ११ मा भर्नाका लागि नयाँ आधारले यस्तो व्यवस्था गरेको हो ।

केन्द्रले तय गरेको भर्नाका आधार अनुसार साधारण तर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्नका लागि औसत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

यसअघि कक्षा ११ मा विज्ञान संकाय पढ्न न्यूनतम औषत जीपीए २ ल्याउनै पर्ने व्यवस्था थियो । यस्तै, विज्ञान र गणितमा सी प्लस तथा अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ग्रेड ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । सो व्यवस्थालाई परिवर्तन गर्दै केन्द्रले चालु शैक्षिक सत्र देखि यस्तो व्यवस्था गर्न लागेको हो ।

भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका अन्य विषय अध्ययन गर्नका लागि जीपीए १.६ र अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस ल्याउनुपर्ने केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

प्राविधिक तथा व्यवसायिक शिक्षा र परम्परागत शिक्षा अध्ययनका लागि भने पुरानै भर्नाको आधारलाई केन्द्रले यथावत राखेको छ ।

कोरोनाको संभावित संक्रमणलाई ध्यानमा राखी गत चैत्रमा सरकारले एसईई परीक्षा स्थगित गरेको थियो । स्थगित परीक्षाको प्रभाव शैक्षिकसत्रमा  पर्न नदिने भन्दै सरकारले गत जेठमा एक कार्यविधि पारित गरी विद्यालयलाई नै विद्यार्थीको मूल्यांनक गर्ने जिम्मेबारी प्रदान गरेको थियो । विद्यालयले गरेको मूल्यांकनलाई वैधानिकता दिन राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको प्राप्तांकलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेपछि केन्द्रले कक्षा ११ मा भर्नाका  लागि नयाँ आधार तय गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books