कोभिड १९ मा सामाजिक कार्यमा खटिने विद्यार्थी र संस्था सम्मानित

सामाजिक कार्य दिवसको अवसरमा समृद्धि कलेजले विभिन्न कार्यक्रमको  आयोजना गरेको छ। सो दिवसको पहिलो दिन कलेज प्राङ्गणमा सामाजिक समस्या र समाधान विषयक नाटक र जनचेतना फैलाउने चार्ट पेपर देखाउने कार्यक्रम सम्पन्न्न भयो।

दोस्रो दिन विद्यार्थीहरुका लागि सामाजिक अनि दिघ्घज व्यक्तित्वहरु द्वारा विभिन्न शीर्षकमा कक्षा स सञ्चालन गाराएको थियो। तेश्रो दिन विद्यार्थीहरु विभिन्न ठाउँमा गई सामाजिक कार्यको अवलोकन गरेका थिए ।

त्यस्तै गरी चौथो दिन समापन तथा सम्मान कार्यक्रम सञ्चालन गरेको थियो । कलेजले यो बर्ष आफ्नो ज्यानको बाजी राखेर अरुको सेवामा समर्पित आफ्नाविद्यार्थीहरु अनि विभिन्न संस्थाहरुलाई सम्मान गरेको छ ।

कोभिड १९ को बेलामा आफनो ज्यानको प्रबाह नगरी हजारौं ज्यानको लागि मरिमेट्ने आफ्ना विद्यार्थीहरु क्रमश संजय अधिकारी, संजिभ खनाल, रबिन हैजु, आदर्श दुराल र जेनिश द्वारे रहेका छन। उनीहरुले आफै र बिभिन्न संस्थासंग आबद्ध रही काठमान्डौ, ललितपुर र भक्तपुरमा काम गरेका थिए।

त्यस्तै पहिलो लकडाउन चैत्र १४ देखि नै काठमाडौंको खुल्लामंच लगायत विभिन्न ठाउँमा सडकमा बस्ने, दैनिक ज्यालामजदुर गर्नेहरुलाई खानाखुवाउने, आवश्यक स्वास्थ्य सामग्री बाँड्ने घर पठाइदिने, लत्ता कपडा सहयोग गर्ने संस्थाहरुलाई पनि सम्मान गरेको छ। हाम्रो टीम नेपाल, हाम्रो सानो प्रयास, गस्सिप क्वीन हेन्ड्डज गुप लाई सम्मान गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal