बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिक

शिक्षा तथा मानव विकास केन्द्रले यस वर्ष बढुवा गर्नुपर्ने शिक्षकको सङ्ख्या शिक्षक सेवा आयोगलाई पठाएको छ ।

केन्द्रका अनुसार प्राथमिक तह प्रथम श्रेणीमा १३८ जना र द्वितीय श्रेणीमा ७५९ जनाको बढुवा गरिनेछ ।

त्यस्तै निम्न माध्यमिक तह प्रथम श्रेणीमा २१ जना र द्वितीय श्रेणीमा १६७ जनाको बढुवा गर्न आयोगसमक्ष तथ्याङ्क पठाइएको छ ।

केन्द्रका एक सहसचिवले दिएको जानकारीअनुसार माध्यमिक तह प्रथम श्रेणीमा ३७ जना र द्वितीय श्रेणीमा १६६ जनाको बढुवा गरिनेछ ।

यसैबीच आयोगले कार्यतालिकाअनुसार माध्यमिक तहका लागि नयाँ शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । कार्यतालिकाअनुसार पुस मसान्तसम्ममा विज्ञापन आह्वान गरिसक्नुपर्ने छ । 

आयोगका एक पदाधिकारीले गत वर्ष माग गरिएको अन्य तहको नतिजा सार्वजनिक हुने क्रम जारी रहे पनि माध्यमिक तहको विज्ञापनलाई त्यसले कुनै असर नपर्ने बताए । 

Thuprai - Books and E-books