After SEE Portal

विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्वद्धता

Bridge Course

नेपाल शिक्षक महासंघ आबद्ध र सम्बद्ध संस्थाले विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्बद्धता जनाएका छन् । सम्पूर्ण संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै २९ गते हुने विरोध प्रदर्शनमा सबै शिक्षक कर्मचारीलाई सहभागी हुन अपिल गरेको हुन् ।

सबै शिक्षकको माग सम्बोधन गर्न माग गर्दै २९ गते बिरोध प्रर्दशन गर्दैछ । विद्यालय शिक्षक र कर्मचारीको छाता संस्था नेपाल शिक्षक महासंघले २०७५ सालको ३० बुँदे र २०७८ सालको ५१ बुँदे सहमतिलाई सम्बोधन हुने गरी नयाँ सङ्घीय शिक्षा ऐन जारी महासंघले माग गर्दै आएको छ ।

महासंघले आव २०८०–८१ को वजेट मार्फत् न्यून बेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र वालकक्षाका शिक्षकलाई दरबन्दी बमोजिम तलवभत्ता उपलब्ध गराउने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षक सरह तलवभत्ता माग गर्दै बिरोध प्रर्दशन गरेको गर्न लागेको हो ।

शिक्षा क्षेत्रको लगानी कुल बजेटको २० प्रतिशत गराउने, सबै तह र श्रेणीका स्थायी शिक्षकको ग्रेड र तलव समान तहका निजामती कर्मचारी सरह गराउने, शिक्षक कर्मचारीको तलबभत्ता सशर्त अनुदान शीर्षक अन्तर्गत पठाउने र उक्त तलव निकासा गर्न पालिका परिषदको निर्णय नचाहिने व्यवस्था गर्ने, द्वन्द पीडित तथा शिक्षकको पेसागत संस्थाको नेतृत्वमा बसेर काम गरेका शिक्षकको टुटेको सेवा अवधि जोडी नियमानुसार सेवा सुविधा दिने लगायतका मागसहित राज्यलाई दवाव दिन काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनको आयोजना गर्न लागेको छ ।

आजसम्म विद्यालयका शिक्षक(कर्मचारीले जे जति पाएका छौ, आफ्नै आन्दोलनको वलमा पाएको कुरा जग जाहेर नै छ। त्यसैले महासङ्घबाट अघि सारिएका यी जायज माग तत्काल पूरा गराउने उद्देश्य सहित गरिएको माइतीघर मण्डलाको विरोध प्रदर्शनमा सक्रिय सहभागी भई त्यसलाई भव्य र फलदायी बनाउन देशभरिका स्थायी, अस्थायीरकरार, राहत, बालकक्षा, साविक उच्चमावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालय शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारी साथीहरुमा हार्दिक अपील गर्दछौं ।

A Levels MA