After SEE Portal

शिक्षक महासंघका विवादित अध्यक्ष थापाको गतिविधिप्रति महासंघको आपत्ति

Bridge Course

नेपाल शिक्षक महासङ्घका निवर्तमान अध्यक्ष बाबुराम थापाबाट आफूलाई अध्यक्ष भनी अनाधिकृत रुपमा नेपाल शिक्षक महासङ्घको लेटरप्याड तथा छाप प्रयोग गरी वक्तव्य जारी गरेको विषयप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घको गत फागुन २९ गते ललितपुरको लगनखेल स्थित साझा ब्याङ्क्वेटमा सम्पन्न विशेष राष्ट्रिय परिषदले निर्णय गरी विधान संशोधन सम्बन्धी विवादको निरुपण गरिसकेको हुँदा महासंघले आपत्ति जनाएको हो ।

२०७७ फाल्गुण १४ गते तात्कालीन अध्यक्ष बाबुराम थापा, नेशिसङ्घका अध्यक्ष राजेन्द्रराज पौडेल, नेराशि सङ्गठनका अध्यक्ष लक्ष्मण शर्मा र वार्ता सहजीकरण कार्यदलका संयोजक सानोभाइ कार्कीसमेत ४ जनाले संयुक्त हस्ताक्षर गरी चार बँुदे लिखित सहमति गरेसकेको विषयलाई पुनः लत्याएर पुनल् आफू सेवा निवृत्त भएको वर्सौं बितिसक्दा पनि महासंघको लेटरप्याड अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले आज एक विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।

‘फागुन १४ को सहमतिको बुदा नं.१ मा सेवा निवृत्त व्यक्ति नेपाल शिक्षक महासङ्घको कुनै पनि पदमा रहन नसक्ने कुरा उल्लेख छ । सो चार बँुदे सहमतिलाई निज बाबुराम थापाकै अध्यक्ष्यतामा काठमाडौंमा बसेको २०७७ फाल्गुण १७ गतेको विस्तारित कार्यालयीय वैठक र २०७७ फाल्गुण २० गते मकवानपुरको दामनमा वसेको कार्य सम्पादन समितिको वैठकले समेत अनुमोदन गरिसकेका छन् । यही सहमतिलाई २०७७ फाल्गुण २९ गते निजकै अध्यक्षतामा बसेको विशेष राष्ट्रिय परिषदले समेत सर्वसम्मतिमा अनुमोदन गरेको हो’ विज्ञप्तिमा भनिएको छ, ‘आफैले हस्ताक्षर गरेको सम्झौता पत्र र आफैले अध्यक्षता गरेको विस्तारित कार्यालयीय र कार्य सम्पादन समिति वैठक तथा विशेष राष्ट्रिय परिषदले गरेको निर्णयमार्फत् पदबाट हटेका निजले त्यसपछि पनि आफू नै अध्यक्ष रहेको भनी महासङ्घको लेटरप्याड र छाप प्रयोग गरी वक्तव्य जारी गर्नु गैरवैधानिक, गैर मर्यादित तथा गैर जिम्मेवार कार्य हो भन्ने हाम्रो ठहर छ ।’

त्यसै गरी निवर्तमान अध्यक्ष थापाले आफ्नो अनाधिकृत वक्तव्य मार्फत चालु शिक्षक आन्दोलनप्रति विमति प्रकट गरी वर्तमान सत्ता र सरकार तावेदारी गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

महासंघ पदाधिकारीले विवादित अध्यक्ष थापालाई निजको यो गैर पेसागत सोच र हर्कतको समेत भर्त्सना गर्दै अब आइन्दा यस्ता हर्कत नगर्न सचेत गराएको छ ।

साथै निज आबद्ध रहेको संस्थालाई समेत निजबाट हुँदै गरेका यस्ता गैर मर्यादित र गैर वैधानिक कार्य रोक्न रोकाउन आवश्यक कदम उठाउन समेत अनुरोध गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books