A Levels MA

सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले एमबीएस तथा एम्पीए भर्नाका लागि लिँदै आएको सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन गरेको छ ।

शैक्षिक सत्र २०७८–०७९ कार्यक्रमको प्रवेश परीक्षाको परीक्षा फाराम भर्ने म्याद थप गरेको हो । प्रवेश परीक्षाको अनलाई फाराम भर्ने समय माघ १७ गते सम्म थप गरेको हो ।

क्याम्पसरकलेजले परीक्षा नियन्त्रण महाशाखा, व्यवस्थापन संकाय, डीनको कार्यालयमा फाराम तथा शुल्कबुझाउने समय माघ १८ सम्म थप गरेको छ । प्रवेश परीक्षा भने माघ २१ गते बिहान ८।०० बजे देखि सञ्चालन गर्ने भएको छ । डिन कार्यालयले परीक्षा केन्द्र पछि तोक्ने सूचनामा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books