A Levels MA

सिम्याटको आवेदन दिने म्याद थप

त्रिभुुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यलयले सिम्याटको परीक्षाका लागि आवेदन दिने म्याद थप गरिएको छ । अघिल्लो सूचनामा भदौ १७ गते सम्म आवेदन दिने म्याद तोकिएको भएपनि कक्षा १२ को नतिजा प्रकाशन नभएका कारण थोरै विद्यार्थीको मात्र आवेदन परेकाले म्याद थप गरेको हो ।

डीन कार्यालयले आज जारी गरेको सूचनामा आगामी भदौ २३ गते भित्र व्यवस्थापन संकायको विभिन्न कार्यक्रममा भर्ना लिन चाहने विद्यार्थीले आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

विद्यार्थीले सोचे अनुसार आवेदन नदिएका कारण विभिन्न क्याम्पसहरूले डीन कार्यालयमा म्याद थप गर्न अनुरोध गरेको हुनाले २३ गते सम्म म्याद थप गरिएको उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books