After SEE Portal

निर्लज्ज त्रिवि कहिलेसम्म नांगिन्छ ? कहिले रोक्छ अपराधको श्रृंखला !

Bridge Course

सामन्य अर्थमा भन्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई लाज लाग्दैन भन्दा पनि फरक नपर्ने भइसकेको छ । निर्लज्ज त्रिवि पटक पटक निवस्त्र भइसक्दा पनि सुधार गर्नुपर्छ भन्ने आवाज त उठ्छ तर यसलाई दवाउने प्रवृत्तिले बारम्बार प्रश्रय पाउने हुँदा पटक पटक एउटै प्रकृतिका अपराध गर्छ । आफ्नो राजनैतिक अभिष्ट पुरा गर्न विरोधका आवाज उठ्छन् । छानविन समिति बन्छ । प्रतिवेदन सार्वजनिक नभइ सबैले घटना बिर्सन्छन् । सेलाउँछ र सकिन्छ । त्रिविको इतिहासमा यो नौलो विषय होइन ।

त्रिविमा साउन दोस्रो सातामात्र सयौं विद्यार्थीको भविष्यमा खेलवाड हुने दुई ठुला ठुला अपराध भएका छन् । एउटा फरक विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

त्रिविको राजनीतिशास्त्र विषयको पीएचडी, एमफील, तथा स्नातकोत्तर पहिलो र तेस्रो सेमेष्टरको प्रश्नपत्र एक साता अगाडि नै बाहिरिएको भन्दै आयोगमा उजुरी परेको छ ।

आयोग उच्च स्रोतका अनुसार सी–००३९३७ मा दर्ता भएको उजुरीमा राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख सह–प्राध्यापक डा. ईश्वरीप्रसाद कँडेल र प्रशासन प्रमुख हरेराम रिजालले प्रति विद्यार्थी रु. एक लाख लिई महिला विद्यार्थीलाई गोल्ड मेडलिष्ट बनाउने प्रलोभन देखाइ प्रश्नपत्र बाडेको आरोप छ ।

भोलिदेखि भदौको दोस्रो हप्तासम्म सञ्चालन हुने परीक्षाको प्रश्नपत्र अगाडि नै पैसा लिएर बाडेको भन्दै रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थीले प्रमुख आयुक्त समक्ष उजुरी दर्ता गराएका हुन् ।

विभागीय प्रमुखका हैसियतले गरेको यो अपराध पुष्टि भएमा उनलाई कारबही हुन्छ कि छानविन समिति बनेर प्रतिवेदन लुकाइन्छ त्यो त हेर्न नै बाँकी छ । यो विषयमा त्रिविका पदाधिकारीसंग सम्पर्क गर्दा हुन सकेन । अख्तियारले भने मुद्दा दायर भएको हुँदा प्रक्रियामा रहेको जानकारी दियो ।

अर्को गल्तीमा पदाधिकारीले नै मानवीय त्रुटि, प्राविधिक त्रुटि भनेर गल्तीलाई ढाकछोप गर्ने परम्परालाई निरन्तरता दिइसकेका छन् ।

गत साउन ८ गते सञ्चालन गरेको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत चार वर्षे स्नातक तहको तेस्रो वर्षको ऐच्छिक समूहको ‘पर्यटन विकास विषय’(Hist: 410 Introduction to Tourism Develpopment) को परीक्षामा दिल्ली विश्वविद्यालयको (Hist: 425 History of Moden India) प्रश्नपत्र सोधिनुलाई परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्राविधिक त्रुटीका कारण असार २८ गते सम्पन्न भईसकेको दिल्ली विश्वविद्यालयले सोधेको प्रश्न नै सोधेको विषयलाई प्राविधिक त्रुटि भनेर उनी पन्छिइ सकेका छन् । विज्ञप्ति जारी गर्दै ‘भारतीय इतिहासको प्रश्नपत्र समावेश भएको जानकारी प्राप्त हुँदा यस विषयमा तत्काल परीक्षा केन्द्रहरुमा जानकारी गराई परीक्षा संचालन भएको आधा घण्टामा सबै केन्द्रमा उक्त प्रश्नपत्र पठाई परीक्षा सुचारु भएको सार्वजनिक गरेका छन् ।

‘२९ वटा ऐच्छिक विषय मध्ये कुनै दुईवटा विषयहरु (जुन प्रथम, द्वितीय र तृतीय वर्षमा अध्ययन नगरेका विषयहरु) छनोट गर्नुपर्ने कारण परीक्षाको अवधि छोटो बनाउन साउन ५ र ८ गतेका दिन ऐच्छिक प्रथम र द्वितीय विषय छनोट गर्नुपर्ने व्यवस्था अनुसार दुबै दिन २९ वटै विषयको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएकोमा ८ गतेको प्रश्नपत्र Hist : 410 को content मा Hist : 425 को content समावेश हुन गएको अवस्थामा उक्त घटना घट्न गएको र परीक्षा अवधि मै समाधान भईसकेको तर देशभरका ३० वटा केन्द्रमा संचालित परीक्षाका ८६९ परीक्षार्थीहरुलाई परीक्षा संचालनमा पुग्न गएको अप्ठ्यारो परिस्थिति प्रति त्रिवि पनिकाको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा विस्तृत छानविन गरी यथार्थ विवरण सार्वजनिक गरिने प्रतिवद्धता सहित मानविकी तेस्रो वर्षको अन्तिम परीक्षाको दिन घटेको यो घटनालाई मध्यनजर गर्दै अव उप्रान्त यस्ता त्रुटीहरु नदोहोरिने गरी व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । परीक्षा सम्पन्न भए पश्चात् यस विषयमा अनावश्यक प्रचार गरी विश्वविद्यालयको गरिमामा आँच पुयाउने कार्य नगरिदिन हुन पनि सम्पूर्ण सचेत नागरिकहरुलाई अनुरोध गर्दछु ।’ भनेका छन्त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संघीय शिक्षा ऐन मन्त्री परिषद्बाट पारित गरेर संसदमा लैजाने सार्वजनिक  प्रतिवद्धता जारी गरिसकेका छन् ।

आफ्नो मातृ पार्टी अनुकूलका पदाधिकार नपाउँदा विभिन्न बहानामा त्रिविलाई बन्धक बनाउने, ताला लगाउने विद्यार्थीले जायज माग र मुद्दामा ठोस पहल नगरेसम्म राजनैतिक दलका आडमा पदाधिकारी बनेका व्यक्तिले पटकपटक गल्तीको श्रृंखला दोर्होयाइ रहने त्रिविका  पूर्व पदाधिकारीहरू बताउँछन् ।

A Levels MA