After SEE Portal

नेपाली विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)

Bridge Course

 शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयका शिक्षक छनोट गरेको छ । आयोगले कोशी र मधेश प्रदेशमा स्थायी शिक्षक नियुक्तिका लागि छनोट गरेको हो ।

आयोगले खुला प्रतियोगिताबाट लिएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको हिजो भएको अन्तर्वार्ता पछि शिक्षक छनोट गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा कोशी र मधेश प्रदेशको नेपाली विषयमा छनोट भएका उम्मेदवारलाई स्थायी नियुक्ति सिफारिसका छनोट गरेको छ ।

योग्यताक्रम सहितको नतिजा आयोगको आजको निर्णय अनुसार प्रकाशन गरेको हो ।

 अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको बेवसाइटको नतिजामा गई नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA