After SEE Portal

मावि सात विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणीका सात विषयका शिक्षक छनोट गरेको छ ।

आयोगले अर्थशास्त्र, संस्कृत भाषा, संस्कृत साहित्य, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान, शिक्षा र स्वास्थ्य शिक्षा विषयका शिक्षक छनोट गरेको हो ।

असोज १७ गते लिएको अन्तर्वार्ता उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता, समेतको प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरेको छ ।

उक्त विषयका शिक्षक नियुक्ति सिफारिसका लागि छनोट भएका उम्मेदवारहरूको योग्यताक्रम सहितको नतिजा आयोगको हिजोको निर्णय अनुसार प्रकाशित गरेको आज प्रकाशित सूच्नामा उल्लेख गरेकोछ ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा यस आयोगको बेवसाइटको नतिजा ट्याबमा क्लिक गरी नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म प्राप्तांक् हेर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA