After SEE Portal

एसईईको जीपीए बढेको बढ्यै

Bridge Course

२०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा आज प्रकाशन गरेको छ । यो वर्ष परीक्षामा सहभागी भएका ४ लाख ८४ हजार २७८ भएका विद्यार्थी मध्ये ८ हजार ४४४ जनाले ४ जीपीए ल्याएका छन् । यो वर्ष कूल विद्यार्थी मध्ये १.७५ प्रतिशत विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

गत वर्ष परीक्षामा सहभागी विद्यार्थी मध्ये १.९८ प्रतिशत विद्यार्थीको जीपीए ४ थियो । २०७३ को एसईई देखि निरन्तर उकालो लागेको जीपीए ४ ल्याउनेको संख्या यो वर्ष संख्यात्कम रुपमा गत वर्ष भन्दा ८७४ कम देखिएको छ भने प्रतिशतमा हेर्दा खासै लामो अन्तर देखिएको छैन । यो वर्ष गतवर्ष भन्दा शून्य दशमलव २३ प्रतिशत कम विद्यार्थीको जीपीए ४ रहेको छ । गत वर्ष भन्दा यो वर्ष एसईईमा सहभागी विद्यार्थीको संख्यामा भने खासै अन्तर देखिएको छैन ।

२०७६ एसईईमा कूल ४ लाख ८२ हजार ९८६ विद्यार्थीले परीक्षाको लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्ताङ्क विवरण मात्र बोडमा उपलब्ध भएको थियो । जसमध्ये ९ हजार ३१८जनाले ४ जीपीए ल्याएका थिए । त्यसैगरी २०७५मा १०६ जना, २०७४ को एसईईम ७४ र २०७३ को एसईईमा जम्मा ४ जनाले मात्र ४ जीपीए ल्याएका थिए ।

यो वस वर्ष कूल ५लाख १७ हजार १२२ जना विद्यार्थीहरूले रजिष्ट्रेशन फाराम भरेकोमा विद्यालयबाट परीक्षाका लागि योग्य ४ लाख ८४ हजार २७८ जना विद्यार्थीहरूको प्रमाणित प्राप्ताइक विवरण बोर्डमा आएको बोर्डले जानकारी दियो ।

गत वर्ष अघिल्लो शैक्षिक वर्षमा भन्दा ८८ गुणा बढी विद्यार्थीले ४ जीपीए ल्याएका थिए । गत वर्ष ९ हजार ३१९ जनाको जीपीए ४ थियो । २०७५ मा भौतिक रुपमा परीक्षा सञ्चालन गर्दा ४ जीपीए ल्याउने विद्यार्थी संख्या १०६ जना मात्र थिए । भने २०७३ को एसईईमा ४ जनाले मात्र ४ जीपीए ल्याएका थिए । यसरी हेर्दा विद्यालयले आफैं गरेको मूल्यांकनमा  विद्यार्थीले ८८ गुणा बढी ४ जीपीए ल्याएको देखिन्छ ।

विद्यालयले कक्षा १० को मूल्याङ्कन गर्दा आफूखुसी तथा विद्यार्थीको आर्थिक अवस्थाका आधारमा अङ्कन गर्ने परिपाटीले गर्दा वार्षिक रुपमा विद्यार्थीको जीपीए बढिरहेको आम गुनासो आएपछि यो वर्ष बोर्डले केही मापदण्ड परिवर्तन गरी मूल्यांकनमा कडाइ गरेको भने पनि खासै फरक भने परेन ।

कोभिड–१९ को दास्रो लहरका कारण विद्यार्थीले गत वर्ष जस्तै भौतिक रुपमा परीक्षा दिने वातावरण नभएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ तयार गरी विद्यालयलाई नै मूल्याङ्कन गर्ने जिम्मेबारी सुम्पेपक्षि विद्यालयले मनमौजी तरिकाले मूल्याङ्कन गर्दा जीपीएमा सुधार आएको हो ।

कार्यविधिमा विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक मूल्याङ्कनका आधारमा ग्रेडिेङ गरिने उल्लेख गरिएको छ । सैद्धान्तिक अन्तर्गत निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन गरिने र निर्माणात्मकतर्फ गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामाजिक कार्य, सिकाइ सहभागिता, अनुशासन र सरसफाइ, अतिरिक्त क्रियाकलाप, एकाइ परीक्षा गरी २० अङ्क छुट्याइएको छ । यसैगरी निर्णयात्मक मूल्याङ्कनतर्फ पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक, तेस्रो त्रैमासिक र अन्तिम परीक्षा गरी ५५ अङ्क छुट्याइएको छ ।

प्रयोगात्मक परीक्षाको निम्ति २५ अङ्क तोकिएको छ । प्रयोगात्मक परीक्षा नहुने विषयमा चाहिं निर्माणात्मकतर्फ २५ र निर्णयात्मकतर्फ ७५ पूर्णाङ्क तोकेको छ ।

विद्यालयले निर्माणात्मकमा र प्रयोगात्मक परीक्षामा सतप्रतिशत नम्बर दिएका छन् ।

बोर्डले २०७७ सालको एसईई परीक्षा काभिड १९ को दोस्रो लहर नफैलिएको भए गतजेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books