शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ ।
केन्द्रबाट तालिम प्राप्त शिक्षकद्वारा प्रभावकारी ढंगले पठनपाठन गरिएका अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका भिडियो पाठहरु यूटुब च्यानल www.youtube.com/nced virtual मा राखेको छ ।
शिक्षक तथा विद्यार्थीले आफूलाई इच्छा लागेको जुनसुकै समयमा मन लागेका जुनसुकै पाठहरु निःशुल्क डाउनलोड गरी आफ्नो ल्यापटप तथा एण्ड्रोइड मोबाइलमा हेर्न र सुन्न सकिने सुविधा रहेको केन्द्रले जानकारी दियो ।
केन्द्रले सबै सरोकारवालाले सबै विद्यार्थी समक्ष उक्त पाठ पुर्याउन अनुरोध समेत गरेको छ ।