After SEE Portal

एसईई नतिजा आज सार्वजनिक हुने : राष्ट्रिय परीक्षा बोर्ड

Bridge Course

असार १२, २०७६, काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा आज सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बिहीबार बस्दै छ ।

विद्यार्थीहरुले नतिजा प्रकाशन भएपछि https://see.edusanjal.com/ तथा विविन्न Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सक्नेछन्|

यो पनि पढ्नुहोस - एसइइ परीक्षा २०७५ को नतिजा कसरी हेर्ने?

बोर्डले गत बर्ष असार ९ गते नतिजा प्रकाशित गरेको थियो । यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशन केहि दिन ढिलो भएको हो । प्रदेश–२ मा बाहेक अन्य प्रदेशमा चैत १० गते देखि चैत २१  गते सम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश–२ मा भने चैत २२ गते देखि चैत २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । 

यस वर्षको एसईई परीक्षामा सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी छन् । 

A Levels MA