After SEE Portal

एसईई परीक्षा २०७५ को नतिजा प्रकाशित

Bridge Course

असार १२, २०७६, बिहीबार, काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा आज सार्वजनिक गरेको  छ । यसपटक पनि विगतमा जस्तै नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन भएको हो ।

Grade Group

Community

Private

Total

Remarks

NA

6673

1796

8469

GPA 0.80 to < 1.20

4296

133

4429

GPA 1.20 to < 1.60

42363

1478

43841

GPA 1.60 to < 2.00

90445

4862

95307

GPA 2.00 to < 2.40

87442

10765

98207

GPA 2.40 to <2.80

53730

22834

76564

GPA 2.80 to < 3.20

26366

37375

63741

GPA 3.20 to < 3.60

11223

39914

51137

GPA 3.60 to < 4

2792

14788

17580

Total

325330

133945

459275

Total Occupancy %

70.84

29.16

100


विद्यार्थीहरुले नतिजा https://see.edusanjal.com/ मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सक्नेछन्|

यो पनि पढ्नुहोस - एसइइ परीक्षा २०७५ को नतिजा कसरी हेर्ने?

सबैभन्दा धेरै अंक ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई अर्थात् भेरी इन्सफिसेन्ट (Very Insufficient) गरी नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डले गत बर्ष असार ९ गते नतिजा प्रकाशित गरेको थियो । यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशन केहि दिन ढिलो भएको हो । प्रदेश–२ मा बाहेक अन्य प्रदेशमा चैत १० गते देखि चैत २१  गते सम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश–२ मा भने चैत २२ गते देखि चैत २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । 

यस वर्षको एसईई परीक्षामा सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी छन् । 

A Levels MA