After SEE Portal

एसईईको नतिजा असार अन्तिममा (फोटो फिचरसहित)

Bridge Course

२०७८ सालको एसईईका उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने क्रम धमाधम थालिएको छ ।हालसम्म देशका २५ उत्तरपुस्तिका परीक्षण केन्द्रका परीक्षण भइसकेका उत्तरपुस्तिका ल्याइसकिएको छ ।

पनिकाका अनुसार ३६ जिल्लाका उत्तरपुस्तिका आइसकेको छ ।परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले इतिहासमै पहिलो पटक सबैभन्दा कम समयमा नतिजा सार्वजनिक गरिने बताए । उनले असार मसान्तसम्ममा नतिजा सार्वजनिक गरिसक्ने बताए ।गत वर्षको एसईई गत वैशाख २० गते सकिएको थियो ।

स्थानीय तहको निर्वाचनका कारण गत जेठ ५ गतेबाट उत्तरपुस्तिका परीक्षण थालिएको थियो । निर्वाचनमा कर्मचारी तथा शिक्षक खटिएका कारण परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण कार्य अगाडि बढ्न सकेको थिएन ।

परीक्षा सञ्चालनसम्बन्धी निर्देशिकामा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । “स्थानीय तहको निर्वाचनलाई गणना नगर्ने हो भने दुई महिनाभित्र नतिजा सार्वजनिक गरिसक्नेछौँ । यति कम समयमा इतिहासमा कहिल्यै नतिजा सार्वजनिक भएन” उनले भने ।कोभिड–१९ का कारण दुई वर्ष परीक्षा सम्पन्न हुन सकेन । कोरोना सङ्क्रमणको अवस्था कम भइसकेपछि पहिलो पटक भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरिएको थियो ।देशभरिका दुई हजार सात परीक्षा केन्द्रमा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी एसईईमा सम्मिलित भएका थिए ।

 

 

 

A Levels MA
Thuprai - Books and E-books