After SEE Portal

७७ जिल्लाको प्राप्ताङ्क तालिका आइ पुग्यो, एसईईको नतिजा केही दिन भित्रै प्रकाशन हुने

Bridge Course

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डमा आज बिहान ७७ जिल्लाकै विद्यार्थीका प्राप्ताङ्क तालिका आइ पुगेकाले नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको हो ।

प्राप्ताङ्क तालिकाको सफ्ट कपी र हार्ड कपीको पुनःपरीक्षण गरी नतिजा बढीमा एक हप्ता भित्र प्रकाशन गरिने परीक्षा नियन्त्रक (कक्षा १०) राजाराम खकुरेलले जानकारी दिए ।

‘अहिले बिहान बाँकी रहेका ४ जिल्लाको प्राप्ताङ्क तालिका बोर्डमा आइपुग्यो ।’ नियन्त्रक खकुुरेलले भने, ‘ आवश्यक प्रक्रिया सकी चाँडोभन्दा चाँडो नतिजा प्रकाशनको तयारीमा हामी जुटेका छौं ।’

एसईईको नतिजा बाट र विद्यार्थीले एसएमएस, आइभीआर र बोर्डका वेबसाइट, शिक्षा मन्त्रालयको वेब साइट,नेपाल टेलीकमको वेब साइट, र इडीयु सञ्जालको वेब साइटबाट हेर्न सकिने बोडले जानकारी दियो ।

यो वर्षको एसईई दिने विद्यार्थी  ४ लाख ८२ हजार विद्यार्थी थिए । जसमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी रहेको परीक्षा बोर्डका  उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । ग्रेड वृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी भएको उपनियन्त्रक शर्माले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books