एसईई (माध्यमिक शिक्षा परीक्षा) स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सो कुराको पुष्टि प्रधानमन्त्रिका प्रेस सल्लाहकार सूर्य  थापाले गरेका हुन् ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।

 

अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।

Degrees offered in nepal
Counseling
Bachelors Portal