CMAT

एसइई मौका परीक्षा साउन २३ देखि

Bachelors Portal

एसइई मौका परीक्षा आगामी साउन २३ देखि सञ्चालन गर्ने निर्णय गरिएको छ ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो । परीक्षा तालिका भोलिमात्र सार्वजनिक गरिने बताइएको छ । पहिलो दिन गणित विषयको वा अंग्रेजीको परीक्षा सञ्चालन गर्ने भन्ने बारेमा टुँगो नलागेकाले परीक्षा तालिका स्पष्ट भइसकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव दाहालले परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुने जानकारी दिए । 

गत बिहीबार २०८० सालको एसइईको नतिजा सार्वजनिक भएको थियो । लेटर ग्रेडिंग निर्देशिकाले बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । तर मन्त्रालयले आजै निर्देशिका संशोधन गरी जतिसुकै विषयमा एनजी भए पनि मौका परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेपछि त्यस्ता सबै विद्यार्थीका लागि बाटो खुला भएको छ ।

साउन मसान्तमा परीक्षा सकिएपछि नतिजा सार्वजनिक हुन कम्तीमा असोजको मध्य हुनसक्ने अनुमान गरिएको छ । त्यो बेला नतिजा सार्वजनिक गरेर एसइई पूरा गरेकालाई कक्षा ११ मा भर्ना गराउँदा पढाइ निकै अगाडि पुगिसकेको हुनसक्ने चासो सर्वत्र गरिएको छ । 

Thuprai - Books and E-books
I Tech store