Bachelors Portal

एसइई ग्रेडवृद्धिको नतिजा छिटोमा असोज दोस्रो साता

Managed Admission 2022

आगामी असोजको पहिलो सातासम्ममा २०८० सालको एसइई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक हुन कठिन देखिएको छ ।

हाल जारी रहेको ग्रेडवृद्धि परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । गत वर्ष बढीमा दुईवटा विषयसम्म ग्रेडवृद्धिको परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था थियो भने यसपटक लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरी जतिसुकै विषयमा अवर्गीकृत (ननग्रेडेड) प्राप्त गरेकाले पनि ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको छ । यसपटकबाट न्यूनतम ३५ प्रतिशत प्राप्त गर्न नसक्नेको प्रमाणपत्रमा ननग्रेडेड अर्थात् एनजी उल्लेख गर्ने व्यवस्था रहेको छ ।

गत २०७९ सालको एसइईको ग्रेडवृद्धि परीक्षा २०८० साल साउ २६ र २७ गते सञ्चालन गरिएको थियो र त्यसमा एक लाख १३ हजार परीक्षार्थी सम्मिलित थिए । गत वर्ष असोज ४ गते नतिजा सार्वजनिक भएको थियो ।

२०८० सालको एसइई ग्रेडवृद्धि परीक्षामा दुई लाख नौ हजार ८०४ परीक्षार्थी सम्मिलित छन् ।

विशेष गरी साउन र भदौ महिनालाई बढी पढाइ हुने महिनाका रूपमा लिइन्छ । तसर्थ यी महिनामा शिक्षकलाई अन्य काममा प्रयोग गर्दा पठनपाठनमा समस्या सिर्जना हुन्छ । गत वर्ष बढीमा दुई विषयमात्र पूरक परीक्षा दिने व्यवस्था हुँदा शिक्षकलाई थोरै उत्तरपुस्तक परीक्षणको जिम्मा दिइन्थ्यो । यसपटक झन्डै दोब्बरले परीक्षार्थी सङ्ख्या वृद्धि भएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नियमितभन्दा दोब्बर बढी परीक्षण केन्द्र कायम गर्नुपर्ने अवस्था रहने बताए । “भदौमा सबैभन्दा कम बिदा हुन्छ । यो महिना भनेको कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बढी सिकाउने महिना पनि हो । त्यसैले शिक्षकलाई उत्तरपुस्तिका परीक्षणमा सहभागी गराउने विषय कठिन पनि छ” उनले भने, “अहिले कक्षा ११ र १२ को पठनपाठन पनि सुरु भएको छ । शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न बोलाउन पनि समस्या छ । यो व्यवस्थापनमा समस्या उत्पन्न हुन नदिन शिक्षकलाई कम उत्तरपुस्तिका परीक्षण गर्न दिइनुपर्छ । त्यसका लागि पहिलेको भन्दा दोब्बर बढी परीक्षण केन्द्र कायम गर्नुपर्छ ।” उनका अनुसार कम्तीमा ४४ वटा परीक्षण केन्द्र कायम गर्ने सोच बनाइएको छ ।

यतिबेला बर्खाले निकै सास्ती पनि दिएको छ । प्रश्नपत्र पुर्याउन नै तीन दिनसम्म लागेको छ । जबकी ती क्षेत्रमा विगतमा एकै दिनमा प्रश्नपत्र पुर्याइन्थ्यो । “वर्षा थामियो र मौसम अनुकूल भयो भने समस्या हुँदैन तर हुन नसक्दा त्यसले उत्तरपुस्तिका ढुवानी, कलेक्सन, परीक्षण सबैमा असर पुर्याउन सक्छ” उनले भने ।

कक्षा ११ को पठनपाठन सुरु भइसकेको छ । आगामी असोजमा कक्षा ११ को रजिष्ट्रेसन फाराम खुला गरिनेछ । त्यसका लागि एक महिनाको समयावधि दिने गरिन्छ । सोभन्दा बढी समयावधि भएमा पाठ्यघन्टा नपुग्ने अवस्था रहन्छ । त्यसरी रजिष्ट्रेसनको अवधि तन्काउँदा कक्षा ११ को परीक्षाको मिति पनि तन्काउनुपर्ने हुन्छ । त्यो भनेको अहिले कक्षा ११ मा भर्ना हुने विद्यार्थी कक्षा १२ को परीक्षा दिने बखत पनि असर गर्दछ । 

उनले आफूहरुको प्रयास दशैँपछाडि नतिजा सार्वजनिक गर्नुपर्ने अवस्था नआओस् भन्नेमा रहेको बताए ।

यसैबीच हाल जारी ग्रेडवृद्धि परीक्षामा कठिन प्रश्नपत्र सोधिएको भन्दै शिक्षकहरुले सामाजिक सञ्जालमा विरोध र आपत्ति जनाएका छन् । यी धारणालाई लिएर पनिकाले भने तर्कसम्मत नरहेको स्पष्ट गरेको छ ।

परीक्षा नियन्त्रक पौडेलले उत्तीर्ण गराउनका लागि नभई उत्तीर्ण हुने अवसर दिइएको बताउँदै भने, “परीक्षालाई कमजोर बनाउन सकिन्न । यसको मर्यादा कायम गर्नुपर्छ । मापदण्डभन्दा बाहिर जान मिल्दैन । नियमित र पूरकमा कठिनाइ स्तर फरक गर्न पनि मिल्दैन । कोर्सभन्दा बाहिर प्रश्न सोधिएको पनि छैन ।”

Select college / campus