After SEE Portal

माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले  माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको चैत्र २१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले  २०७९ जेठ २९ गते गरेको निर्णय अनुसार  नतिजा सार्वजनिक गरेको हो । वस्तुगत उत्तरपुस्तिकमा प्रश्नपत्रको सेट उल्लेख नगरेका वा दुई वा दुईभन्दा बढी सेटमा सङ्केत गरेका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरिएको  आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २६ को उपनियम (१) बमोजिम कुनै उम्मेदवारले झुटा विवरण पेश गरेको देखिन आएमा त्यस्ता उम्मेदवारको दरखास्त  रद्द गर्ने गरेको छ ।

परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७९असार ५ गतेसम्म कार्यालय समयभित्र रु ६०० राजस्व दस्तुर तिरेको सक्कल रसिद र प्रवेशपत्रको प्रतिलिपि सहित शिक्षक सेवा आयोगमा निवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA