After SEE Portal

हुम्लाका विद्यालय आजबाट बन्द

Bridge Course

सिमकोट । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै केही समय अगाडि सञ्चालनमा आएका हुम्लाका विद्यालयमा आजबाट पठनपाठन पुनः बन्द गरिएको छ । सरकारले कोरोना सङ्क्रमणको त्रास बढेको भन्दै पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेसँगै हुम्लाको शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायको बैठकले पढाइ सुरु भएका विद्यालयमा बन्द गर्ने निर्णय गरेका हुन् । 

बाल मन्दिर माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराले सिमकोट गाउँपालिकाको निर्देशनमा एक हप्ता अगाडि सञ्चालनमा आएका विद्यालय पुनः बन्द गरिएको बताए । देशभर कोरोना त्रास बढ्न थालेपछि विद्यालय बन्द गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो । उनले बिहान र दिउँसो गरि दुई सिफ्टमा पठनपाठन कार्य तिब्ररूपमा चलेका बेला कोरोना सङ्क्रमण जिल्लामा आउनसक्ने सम्भावना देखिएपछि विद्यालय बन्द गरिएको बताए । 

सिमकोट गाउँपालिकाका सबै विद्यालय साउन २२ गतेबाट पठनपाठन सुरु भएको थियो । सिमकोट गाउँपालिकाले सूचना प्रकाशन गरि २३ वटा सरकारी र पाँच वटा निजी विद्यालयहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने जनाएको छ । 

त्यसैगरी ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले पनि विद्यालयमा कोरोना सङ्क्रमण विरुद्धका सुरक्षा अपनाउन कठिन भएको र सामाजिक दूरी पनि कायम गर्न नसकिने अवस्था आएपछि गाउँपालिकाका १८ वटै विद्यालयमा शुक्रबारबाट पुनः बन्द गरिएको बताए । ताँजाकोट गाउँपालिकामा साउन १५ गतेबाट पठनपाठन सुरु भएको थियो । 

यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पनि आफ्नो गाउँपालिकाभित्रका १६ वटै विद्यालयमा पठनपाठन बन्द भएको बताए । हुम्लामा सबैभन्दा पहिले साउन ५ गतेबाट उक्त गाउँपालिकाले पठनपाठन सुरु गरेको थियो । सर्केगार्ड गाउँपालिकाले पनि सूचना प्रकाशन गरी विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले देशभर कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले सबै विद्यालयमा पठनपाठन अगाडि नबढाउने निर्णय गरेसँगै हुम्लामा पनि कोरोना सङ्क्रमण आउने सम्भावनालाई मध्यनजर राख्दै विद्यालय बन्द गरेको बताए । 

A Levels MA