After SEE Portal

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट

Bridge Course

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यालय छनोट गरेको हो ।

जसमध्ये चार कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ वटा निर्माण गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपियाँ, दुई कोठे भवन निर्माणका लागि १८ लाख रुपियाँ, आइसीटी ल्याब व्यवस्थापनका लागि छ लाख ५० हजार रुपियाँ, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख छ हजार रुपियाँ, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख रुपियाँ र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।

राष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रुपियाँ बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए ।

“देशभरका विद्यालयको भौतिक संरचना, आइसीटी व्यवस्थापन गर्ने अभियानमा छौँ” उनले भने, “निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गछौँ ।”

देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आइसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।

कुन प्रदेशलाई कति

देशभरबाट प्रदेश १ मा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरणअनुसार प्रदेश १ मा ११९८ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, ३४९ विद्यालयमा आइसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा सात विद्यालय छनोट भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा १९५ विद्यालयमा चार कोठे भवन, १३७ विद्यालयमा दुई कोठे भवन, आइसीटी ल्याब व्यवस्थापनमा २८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना तीन विद्यालय छनोट भएका हुन् ।

यस्तै, मधेश प्रदेशमा १८० विद्यालयमा चार कोठे भवन, १९७ विद्यालयमा दुई कोठे भवन, २३५ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चारवटा विद्यालय छनोट भएका छन् । सुदूरपश्चिम प्रदेशमा १४१ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, २७० विद्यालयमा आइसीटी व्यवस्थापन, आठ विद्यालयमा प्राविधिक ल्याब र  विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

भुकम्पबाट प्रभावित बागमती प्रदेशका १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिए ।

चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भुकम्पबाट नबनेका विद्यालयमा चार कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आइसीटी ल्याब ४९१,  प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि चार वटा छनोट भएका छन् ।

यसैगरी गण्डकीमा १३० विद्यालय चार कोठे, १२५ दुई कोठे, २५५ आइसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् ।

कर्णालीमा ११० विद्यालयमा चार कोठे भवन, १३८ मा दुई कोठे भवन, २२५ विद्यालयमा आइसीटी ल्याब, प्राविधिक ल्याब दुई र नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि दुई छनोट भएका छन् ।

 

 

A Levels MA