After SEE Portal

भोलिदेखि माघ १५ सम्म विद्यालय बिदा, विश्वविद्यालयको परीक्षा यथावत

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि माघ १५ गते सम्म देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी विदा गर्ने निर्णय गरेको छ ।

कोभिड-१९ को संकमण तीव्ररूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिदै विद्यालय बन्द गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

विदाको उक्त अवधिमा १२ बर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत् खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन अभिावकलाई मन्त्रालयले सूचना मार्फत् आग्रह समेत गरेको छ ।

विदाको अवधिमा विद्यालयहरूले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन विश्ह्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र बार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रबन्ध गर्न समेत सूचनामार्फत् निर्देशन दिएको छ ।

मन्त्रालयले आज गरेका थप निर्णय र निर्देशनहरुः

हालैका दिनहरूमा कोभिड-१९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसि) को मिति २०७८/०९/२५ को सिफारिस तथा मन्त्रालयको मिति २०७८/०९/२६ को निर्णयअनुसार देहाय बमोजिम गर्नु गराउनुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छः

१. देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूले वार्षिक विदामा मिलान हने गरी यही २०७८ पौष २७ गते देखि २०७८ माघ १५सम्म विदा दिने । विदाको अवधिमा सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने ।

२. विदाको अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोही पनि नछुट्ने गरी खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गर्ने ।

३. १८ वर्ष उमेर समूह र सो भन्दा माथिका सबै उमेर समूहका पूर्ण खोप लगाउन बाँकी विद्यार्थी शिक्षक शिक्षण संस्थाका कर्मचारी तथा अभिभावकहरूले खोपका लागि स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमा सम्पर्क गर्ने ।

४. विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पालना हनेगरी जेड आकारमा वसाइ व्यवस्था गरी सञ्चालन गर्ने। परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्ने र भौतिक दुरीको प्रावधान कडाइका साथ परिपालन गर्ने ।

५. माघ ७ गते देखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोपकार्ड अनिवार्य रूपमा साथमा राख्ने प्रवन्ध सम्वन्धित शिक्षण संस्थाले मिलाउने ..

६. सबै शिक्षण संस्थाहरूले अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिक उत्सव जस्ता सार्वजनिक समारोहको कार्यक्रमहरू आयोजना नगर्ने ।

७. यसपटकको २०७८ माघ १ गते मनाइने राष्ट्रिय योग दिवस "सर्वाङ्गीण विकासका लागि योग" भन्ने नाराका साथ सार्वजनिक भेला वा समारोह नगरी भर्चुअल माध्यमवाट मनाउने ।

 

A Levels MA
Thuprai - Books and E-books