After SEE Portal

विद्यालयलाई १५ थान कम्प्युटर

Bridge Course

हतुवागढी गाउँपालिकाको घोरेटारमा रहेको सगरमाथा माथ्यामिक विद्यालयलाई कम्प्युटरसंँगै स्मार्ट टिभी हस्तान्तरण गरिएको छ । ईश्वर मन्दिर काठमाडौंँले विद्यालयलाई १५ थान कम्प्युटर र ४२ इञ्चको स्मार्ट टिभी हस्तान्तरण गरेको हो । संस्थाका संरक्षक तथा पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले विद्यालयलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । पछिल्लो समय सरकारले प्रविधिमैत्री माध्यमबाट शैक्षिक विकास गरिरहेकाले विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नका लागि कम्प्युटरसंँगै इ–लर्निङ कक्षाको समेत उद्घाटन गरिएको छ । 

गत वर्ष भोजपुरको विद्योदय माध्यमिक विद्यालयबाट इ–लर्निङ कक्षा शुरु गरिएको थियोे । गत वर्ष पनि विद्योदय माविलाई २० थान, शारदा मावि प्याउलीलाई पाँच थान र भोजपुर नगरपालिका –८ पोखरेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई पाँच थान कम्प्युटर वितरण गरिएको थियो । आगामी दिनमा जिल्लाका अरु विद्यालयमा पनि इ–लर्निङ कक्षाको स्थापना गरिने संस्थाका अध्यक्ष प्रमेश केसीले बताउनुभयो । 

A Levels MA
Thuprai - Books and E-books