SEE Result 2082

विषयगत पूर्णांकभन्दा उत्तीर्णांक बढी

माध्यमिक शिक्षा परीक्षा (एसईई) मूल्याङ्कनका क्रममा विद्यालयले गम्भीर लापरवाही गरेको पाइएको छ । एक शैक्षिक सत्रभरि आफैले पढाएको विषय र आफ्नै विद्यार्थीको मूल्याङ्कन गर्दा विद्यालयले लापरबाही गरेको पाइएको हो ।

केही विद्यालयले पाठाएको मूल्याङ्कन विवरणमा अविश्वनीयरुपमा सबै विद्यार्थीको समान अङ्क पठाएको, विषयगत पूर्णांक भन्दा धेरै अङ्क पठाएको, ऐच्छिक प्रथम र द्वितीय विषयमा फरक परेको, प्रयोगात्मक अङ्क पठाउन छुटाएको, पुरा नपठाएको, सफ्टकपी र हार्डकपीमा फरक–फरक अङ्क पठाएको पाइएको शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दियो ।

शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले जिल्लाका १५ ओटा विद्यालयले पूर्णांक भन्दा बढी अङ्क प्रदान गरेको जानकारी दिए । ‘कुनै विद्यालयले शैद्धान्तिक, कुनैले प्रयोगात्मक तर्फको अङ्क दिन नै छुटाएछन् ।’ उनले भने, ‘कतिपय विद्यालयले विषयगत विवरण गलत पनि भरेछन, तीनओटा विद्यालयको विवरण सही नभएपछि हामीले पत्राचार गरी बोर्डमा हार्डकपी नै पठायौं सफ्टवेरमा अपलोड गर्न नसकिएको हुँदा बोडमा हार्डकपी नै पठाउनु पर्यो ।’ 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले एसईई मूल्याङ्कनका सन्दर्भमा अधिकांश विद्यालय तथा इकाइले राम्रो गरेको भएपनि केहीकेहीले गम्भीर नभएका कारण विवरणमा त्रुटि देखिएको धारणा व्यक्त गरे ।

बोर्डले एसईईका विद्यार्थीको मार्क लेजर २५ समूह बनाएर विहिवारदेखि हार्डकपी र सफ्टकपीको रुजु गर्न सुरु गरिसकेको छ । विद्यार्थीको मार्क लेजर परीक्षण सकिने बितिकै केही दिनभित्र नतिजा प्रकाशन गर्ने बोर्डले तयारी गरिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ अनुसार नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

+2 School
Counseling
Bachelors Portal